यो महिनाको सुरुमा भारतीय सुरक्षा फौजमाथि हमला भएपछि भारतले मंगलवार लडाकु शिविरहरूमा हानेको थियो। पाकिस्तानले भने बुधवार भारतले गरेको हवाई हमलाको प्रतिरोध गर्नुको विकल्प आफूसँग नभएको जनाएको छ।
होरान गाउँका प्रमुखले बुधवारको नाटकीय हमलाबारे बीबीसीसँगको अन्तर्वार्तामा बोलेका छन्। “मेरो उद्देश्य पाइलटलाई जिवितै पक्राउ गर्नुथियो। मैले उनको प्यारासुटमा भारतको झण्डा देखेर उनी भारतीय हुन् भन्ने थाहा पाएको थिएँ,” मोहम्मद रजाक चौधरीले भने।
५८ वर्षीया चौधरीले आफूले एमआइजी-२१ लडाकु विमानमा बन्दुक लागेको र जमिनमा खस्दै गर्दा बुधबार बिहान देखेको बताएका छन्। उनले अरू गाउँले जस्तै आफू पनि उक्त क्षेत्रमा हतारिएर पुगेको बताए।
“मलाई डर लागेको थियो या त उसले हामीलाई नोक्सान पुर्याउला वा गाउँलेले उसलाई नोक्सान पुर्याउलान्,” चौधरीले भने। चौधरी पाकिस्तानका प्रधानमन्त्री इमराज खानको पीटिआई पार्टीसँग आवद्ध छन्।
लखेटेगाउँलेले
उनले आफू उक्त क्षेत्रमा पुग्दा पाइलटले केही गाउँलेहरूलाई आफू भारतीय भूमिमा अवतरण भएको हो भनी सोधेका थिए। र, गाउँलेहरूमध्ये एकजना बालकले ‘हो’ भनी छिट्टै जवाफ दिएका थिए।
“ती पाइलटले आफ्नो प्यारासुट खोले र राष्ट्रियप्रेमका नाराहरू उचाले तर उनको नजिकै रहेका एकजना बालकले ‘पाकिस्तान अमर रहोस्’ भनेका थिए। त्यही बेला पाइलटले आफ्नो बन्दुक झिके र तर्साउनका लागि हावामा बन्दुक पड्काए।”
तर त्यसले वरपर रहेका मानिसहरूलाई आक्रामक बनाएको चौधरीले बताए।उनका अनुसार ती मानिसहरूले वरपरका ढुङ्गा उचाले र हाने। त्यसपछि उनी हावामा बन्दुक पड्काउँदै भागेको चौधरीले बताए। “केटाहरूले एउटा खोल्सामा उनी नखस्दासम्म पच्छाए र हतियार भएका एकजना मेरा भतिजले उनलाई खुट्टामा गोली हाने,” चौधरीले भने।
“मेरा एकजना भतिजले उनलाई आफ्नो बन्दुक राख्न भने र उनले त्यसै गरे। त्यसपछि अर्को कसैले उनलाई समाते र उनीसँग यदि कुनै अरू हतियार थियो भने त्यसको प्रयोगलाई पनि रोके।” त्यसपछि ती पाइलटले आफ्नो खल्तीबाट केही कागजहरू झिकेर त्यसलाई नष्ट गर्न आफ्नो मुखमा हालेका थिए। तर गाउँलेहरूले उनीबाट केही कागजहरू थुत्न सके र पछि उनीहरूले ती कागज सेनालाई दिए।
“हाम्रा केटाहरू धेरै रिसाएका थिए र उनलाई झापड र मुक्का हान्न नजिक जान खोजेका थिए। तर केहीले भने त्यसरी आक्रामक रुपमा प्रस्तुत हुनेहरूलाई रोक्न कोशिश गरेका थिए। मैले पनि सेनाका अधिकारीहरू नआउँदासम्म ती पाइलटलाई नकुट्न उनीहरूलाई भनेँ।” –बीबीसीबाट
























