सुनिता दोङ तामाङ
इराक । नेपाली शेर्पा समुदायको महान पर्व २१४६ औं ग्याल्पो ल्होसार कार्यक्रम इराकको कुर्दिस्तान सुलेमानी नोबेल हल सर्चिनरमा शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ ।

हिमालयन शेर्पा यूनिक ग्रुप इराकको आयोजनामा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता विनोद श्रेष्ठले गरेका थिए ।

 

 

कार्यक्रमको विशेष अतिथिको रुममा नेपाल तामाङ घेदुङ इराकका अध्यक्ष च्याङबा लामा थिए भने अतिथीहरुमा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेनीका अध्यक्ष राजिव थिङ, नेपाल महिला समाजका अध्यक्ष सानु शेर्पा, नेपाली युवा मञ्च कुर्दिस्तान दुहोक प्रतिनिधी, प्रवासी नेपाली मञ्च दुहोकका प्रतिनिधी लगायतको उपस्थिीति थियो ।

भाषा, धर्म, कला, सँस्कृति र भेषभुषा हरेक जाजातिको पहिचान हो, आफ्नो पहिचानको संरषण तथा सम्बद्र्धन गरौं ।’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमको संयोजन नोर्साङ शेर्पा र काजी शेर्पाले गरेका हुन् ।

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमका साथमा ल्होसार शुभकामना आदान प्रदान तथा पुजापाठ भएको थियो ।

कार्यक्रम हिमालयन शेर्पा यूनिक ग्रुप ग्रुपका अध्यक्ष थेलिन शेर्पाको सभापतित्व र हिमालयन शेर्पा यूनिक ग्रुप ग्रुपका उपाध्यक्ष ठूलो कान्छा शेर्पा संचालनमा सम्पन्न भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।