प्रवासी सृजनशिल महिला समुह इजरायलको तेश्रो वार्षिकोत्सब हुँदै

इजरायल । बैदेशिक रोजगारको सिलसिलामा इजरायलमा रहेका नेपाली महिलाहरुको सामाजिक संस्था प्रवासी सृजनाशिल महिला समूह, इजरायलको तेस्रो वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महिला स्वाबलम्बन साथै समाज सेवाको मुल उद्धेश्य भन्ने मुल नारासहित स्थापित प्रवासी सृजनशिल महिला समुह दमक, झापा हाल इजरायलको ऐतिहासिक तेश्रो वार्षिकोत्सब यहि मार्च १६ शनिबारका दिन हुने भएको हो । कार्यक्रम इजरायलको यसोदामाला–३८ तेलअभिवमा बिहान १० बजे हुने प्रवासी सृजनशिल महिला समुहका अध्यक्ष माला योन्जन तामाङले जानकारी दिएकी छिन् ।

वार्षिकोत्सबमा कार्यक्रममा सहभागी हुन समुहका सम्पुर्ण पदाधिकारी, सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागि समुहकी अध्यक्ष योन्जनले अनुरोध समेत गरेकी छिन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।