श्याम ङेसुर तामाङ
इजरायल । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, इजरायलको सम्पन्न ३३ औं नियमित पुर्ण बैठकले वरिष्ठ उपाध्यक्ष शान्ता अधिकारी ज्ञवालीलाई संघको अध्यक्ष पदमा सर्बसम्मत नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष अधिकारी नेपालको चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. २३ जगतपुरका बासिन्दा हुन् । करिब ११ वर्ष अघि वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा प्रबेश गरेकी उनी हेल्पिङ हेन्स आजीवन सदस्य, हिन्दु जनजागरण सल्लाहकार, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका आजीवन सदस्य, चितवन समाज इजरायलको संस्थापक अध्यक्ष, चितवन युवा समूह अन्तर्रास्ट्रिय समन्वय समिती, महिला प्रवास संयोजक जस्ता संघ–संस्थामा आबद्ध छिन् ।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष छिरिङ शेर्पा लामो नेपाल फर्केपछी रिक्त भएको संघको अध्यक्ष पदमा अधिकारीलाई नियुक्त गरिएको हो ।
























