म नागार्जुनको जिबनबाट एक प्रसंग बताउछु । नागार्जुन एक दुर्लभ प्रतिभा थिए । सच्चाइ त यो हो कि बौद्धिकतामा सारा दुनियाँ उ अतुलनीय छ । यस्तो तीक्षण र प्रगाढ प्रतीभा कहिलेकाही मात्र घटित हुन्छ ।
नागार्जुन राजधानीको एक नगर भएर गइ रहेका थिए । नागार्जुन सदा नग्न रहन्थे । त्यस राज्यको रानीलाई नागार्जुन प्रती धेरै प्रेम थियोे, धेरै श्रद्धा थियोे, धेरै भक्ती थियोे । नागार्जुन भिक्षाटन गर्दै राजमहल पुगे । उसको हातमा काठको भिक्षापात्र थियोे रानीले उनिसग भने तपाईं कृपा गरेर मलाई त्यो भिक्षापात्र दिनुहोस् । म यसलाई तपाईंको भेट सम्झिन्छु र यसको बदलामा मैले तपाईंको लागी दोस्रो भिक्षापात्र निर्मित गराएको छु । नागार्जुनले भेट स्वीकार गरे । दोस्रो भिक्षापात्र सुन द्वारा निर्मित थियोे र त्यसमा बहुमुल्य रत्न जडिएको थियोे । त्यो धेरै बहुमुल्य थियोे । तर नागार्जुनले केही पनि भनेन । सामान्यतया कोही संन्यासीले त्यसलाई लिदैन, उनीहरुले भन्ने थिए म सुनलाई छुदिन । तर नागार्जुनले त्यसलाई लिए । यदी बास्तबमा नै सुन माटो हो भने तब भेद (अन्तर) किन गर्नु ? नागार्जुनले त्यसलाई लिए । रानीलाई यो कुरा राम्रो लागेन । उसले सोचिन कि, यति ठुलो संन्त छन उसले अस्विकार गर्नुपर्थ्यो । स्वयं नग्न बस्छन् साथमा केही पनि संग्रह गर्दैनन । फेरि उसले यति बहुमुल्य भिक्षापात्रलाई कसरी स्वीकार गरे !
नागार्जुनले लिन अस्विकार गरेको भए रानीले लिनका लागी अनुरोध गर्थिन र उसलाई राम्रो लाग्थ्यो । तर नागार्जुनले त्यसलाई लिएर हिडे । एक चोरले नगरबाट उसलाई जाँदै गरेको देखे । उसले सोच्यो कि यो मनुष्य यस्तो बहुमुल्य भिक्षापात्रलाई आफ्नो साथमा राख्न सक्दैन, कसै न कसैले अवस्य यसलाई चोर्ने छ । एक नांगो मान्छेले कसरी यसको रक्षा गर्न सक्छ ? त्यो चोर नागार्जुनको पछी लाग्यो । नागार्जुन नगर भन्दा बाहिर एक मठमा बस्थे र एक्लै बस्थे । त्यो मठ पुरानो जिर्ण थियोे । नागार्जुन त्यसको भित्र गए । उसले आफ्नो पछी-पछी आउदै गरेको मान्छेको पदचाप सुने । उसले बुझी सकेको थियो त्यो मान्छे किन पछी-पछी आइ रहेको छ उ मेरो लागी होइन यस भिक्षापात्रको लागी पछयाइ रहेको छ । अन्यार्थ यो जिर्ण मठमा को आउँछ ! नागार्जुन मठको भित्र गए र चोर बाहिर ढोकाको पर्खालमा उभियो । उसले देख्यो कि चोर बाहिर उभिएको छ । नागार्जुनले भिक्षापत्रलाई ढोकाबाट बाहिर फ्याकी दिए चोर चकित भयो ! उसले केही पनि बुझ्न सकेन ।
यो कस्तो मान्छे हो ! नांगो छ, उसको साथमा यति बहुमुल्य पात्र छ र उ त्यसलाई बाहिर फ्याक्दै छ ! तब चोरले नागार्जुनसग भने के म भित्र आउन सक्छु ? किनकी मलाई एउटा प्रश्न सोध्नु छ ।
नागार्जुनले भने कि मैले पात्रलाई त्यसैे फ्याकी दिएको हुं ताकी तिमी भित्र आउने छौ । म अहिले आफ्नो मध्याह्नको निन्द्रा लिन गइरहेको छु । तिमी भिक्षापात्र लिन भित्र आएको भए, म सग तिम्रो भेट हुँदैन थियोे । तिमी भित्र आउ, चोर भित्र आयो । उसले सोध्यो कि यस्तो बहुमुल्य बस्तुलाई तपाईंले किन फ्याक्नु भयो ? म चोर हुं ! तर तपाईं यस्तो संत हुनुहुन्छ कि म तपाईंसग झुठो बोल्न सक्दिन । म चोर हुं । नागार्जुनले भने चिन्ता नगर, हर कोहि चोर छ । तिमी आफ्नो कुरा निस्सकोच भन । फजुल कुरामा समय खेर नफ्याल । चोरले भन्यो कहिलेकाही तपाईं जस्तो ब्याक्तीलाई देखेर मेरो मनमा पनि कामना उठदछ कि कास, यश स्थिति मलाई पनि उपलब्ध हुन्थ्यो ! तर चोर हुं र यो स्थिति मेरो लागी असम्भव छ । तर मेरो आसा र प्रार्थना रहने छ कुनै दिन म पनि यस्तो बहुमुल्य चिजलाई फ्याक्न सकु । ठुलो कृपा हुनेछ यदी तपाईंले मलाई उपदेश दिनु भएमा ।
म अनेकौं सन्त भएको ठाउँमा गए । उनीहरु मलाई चिन्छन, किनकी म एक नामि चोर हुं । तिनीहरु सबै यहीँ भन्छन कि तिमी पहिले आफ्नो धन्दालाई छोड, तबमात्र तिमिलाई ध्यानमा गति मिल्न सक्छ । तर मलाई असाध्य थाहा छ म चोरीको धन्दा छोडन सक्दिन । के मेरो लागी ध्यान छैन ? नागार्जुनले उत्तरमा भने यदी कसैले भन्छ कि पहिला चोरी छोड अनिमात्र ध्यान गर, तब उसलाई ध्यानका बारेमा केहिपनी थाहा छैन । ध्यान र चोरीको बीचमा सम्बन्ध के छ ? कुनै सम्बन्ध छैन । तिमी जे गर्दछौ गर्दै जाउ । म तिमिलाई विधि दिन्छु, तिमी त्यसको प्रयोग गर्नु । चोरले भन्यो यस्तो लाग्दै छ तपाईंको साथमा मेरो तालमेल मिल्न सक्छ । के साच्चै म आफ्नो धन्दालाई निरन्तर दिन सक्छु ?
कृपया, चाडै आफ्नो विधि बताउनुहोस । नागार्जुनले भने, तिमी सिर्फ होश राख, बोध बढाउ । जब चोरी गर्न जान्छौं त्यो चिज प्रती पनि सजग बन, होशपुर्ण हौ । जब भित्ता फोडदै छौ, तब जानी राख कि म भित्ता फोडदै छु, पूरा होशमा रहनु । जब खजनाबाट केही निकाल्छौ तब पनि जागरुक रहनु, होश पुर्बक निकाल । तिमी के गर्छौ त्यो सग मलाई लिनु दिनु छैन । तर जे पनि गर्छौ बोधपुर्बक गर र पन्ध्र दिन पछी म भएको ठाउँमा आउनु । यदी यस बिधिको अभ्यास गर्न सकेनौ भने नआउनु । पन्ध्र दिन निरन्तर अभ्यास गर । जे मनमा आउँछ गर, तर पूरा सजग भएर गर । चोर तेस्रो दिन नै वापस आयो र उसले नागार्जुनसग भन्यो पन्ध्र दिनको समय धेरै हो, म आज नै आए । तपाईं धेरै चलाख मान्छे हुनुहुन्छ । तपाईंले यस्तो विधि बताउनु भयो कि मेरो धन्दा चल्नु मुस्किल छ । पुरा होश राखेर म चोरी गर्न सक्दिन । तीन रात भइसक्यो राजमहल जानू थालेको, खजनासम्म पुगे, त्यसलाई खोले पनि, मेरो सामुन्ने बहुमुल्य हिरा जवाहरात थियोे । त्यहीँ बेला म पुर्ण तरिकाले सजग भए । सजग हुनसाथ म बुद्धको मुर्ती जस्तैः भए मैले केही पनि गर्न सकिन । मेरो हातले चल्न, हल्लिन अस्विकार गर्यो र सम्पुर्ण खजना ब्यर्थ लाग्न थाल्यो । तीन रातभयो म फर्की फर्की राजमहल गएको । बुझ्न सक्दिन कि म के गरु ! तपाईंले भन्नू भएको थियोे यस बिधिमा धन्दा छोडने सर्त छैन, तर यस्तो लाग्दछ कि विधि मै कुनै लुकेको प्रक्रिया छ ।
नागार्जुनले भने दोस्रो पटक म भएको ठाउँमा नआउनु, अब रोजाइ तिमिले गर्नुछ । यदी चोरी जारी राख्न चाहान्छौ तब ध्यानलाई भुल र ध्यान चाहान्छौ भने चोरीलाई भुल । रोजाइ तिमिले गर्नुछ । चोरले भने तपाईंले मलाई ठुलो धर्म संकटमा पर्नुभयो । यी तीन दिनमा मैले जाने कि मेरो पनि मन छ, जब म राजमहलबाट केही चोरी नगरी वापस आए पहिलो पटक मलाई लाग्यो कि म सम्राट हुं, चोर होइन । यी तीन दिन यति आनन्दपुर्ण राह्र्यो कि म अब ध्यान छोडन सक्दिन । तपाईंले म सग चलाखी गर्नुभयो, अब तपाईं मलाई दिक्षा दिएर आफ्नो शिस्य बनाउनु होस् । धेरै प्रयोगको जरुरत छैन तीन दिन नै काफी छ । कुनै पनि विषय होस, यदी तिमी सजग छौ सबैकुरा ध्यान भन्छ । तादात्म्यलाई जागारुक भएर प्रयोगमा ल्याउ, तब त्यो ध्यान बन्नेछ । बेहोसिमा गरेको तादात्म्य पाप हो ।
टि-च्याङबा
























