• भक्तपुर – काभ्रे नमोबुद्ध ८ का वर्ष ३६ की माया वाइवालाई काभ्रे कल्याणकारी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ। रोजगारीको सिलसिलामा मलेसिया पुगेकी वाइवालाई राजधानीको बनेश्वार स्थित एक कार्यक्रमको आयोजना गरी चलचित्र संघका अध्यक्ष बिकु थाेकरकाे हातबाट घाइतेलाई २ लाख ७४ हजार प्रदान गरेको हो ।

मलेसियामा रहेका नेपालीहरुले संकलन गरेर पठाएको आर्थिक सहयोग समाजका संरक्षक शंकर आचार्य, काभ्रे कल्याणकारी सेवा समाज नेपालका अध्यक्ष उर्गेन थोकर तामाङ लगायतको उपस्थितिमा घाइते वाइवालाई रकम हस्तान्तरण गरेका थिए ।

मलेसियाको औषधि कम्पनीमा कार्यरत माया वाइवाको गाडी दुर्घटनामा हात भाँच्चिएको थियो भने खुट्टामा सामान्य चोट लागेको थियो। दुर्घटनापछि मलेसियाकै अस्पतालमा केही समय उपचार गरेकी वाइवाको हातको शल्यक्रिया गर्नुपर्ने अस्पतालका चिकित्सकले बताएका थिए । उनलाइ उपचार गर्न धेरै खर्च लाग्ने भएपछि उनी फेब्रुवरीमा नेपाल फर्किएकी थिइन। उनले नेपालबाट कार्यक्रममा पुगेका कलाकारहरूलाइ घुमाउन लाने क्रममा गाडि दुर्घटना भएकाे थियाे ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजका संरक्षक शंकर आचार्यले मलेसियामा धेरै संघ-संस्था खुले पनि केही मात्र अस्तित्वमा रहेको र ति मध्ये पनि केही सीमित संस्था सामाजिक सेवा गर्ने उद्देश्यले खोलिएको बताएका छन् ।

यस्तै समाजका अध्यक्ष तामाङले काभ्रे कल्याणकारी समाजले पीडित दिनदुखीहरू र समस्यामा परेकाहरूलाइ सहयाेग गरेकाे १६ अाैं अभियान रहेकाे बताए । संस्थाले अागामि दिनहरूमा पनि नेपालीहरूलाइ निरन्तरता सकेकाे सहयाेग गरिरहने बताए ।कार्यक्रम सञ्चालन तेमाल सिं लामाले गरेका थिए। आर्थिक सहयोग गर्ने सबैलाई पीडित वाइबाले धन्यवाद दिएकी छिन् ।