कतार । नेपाल तामाङ समाज कतारले रोजगारीको लागि कतार पुगेकी डोल्मा तामाङलाई आर्थिक सहयोग गरेको छ ।
केही महिना अघि कतारस्थित तानजिफको कम्पनीमा कार्यरत तामाङको स्वास्थ्य परिक्षण असफल भई नेपाल फर्किनु पर्ने भएपछि उनलाई समाज कतारले आर्थिक सहयोग गरेको समाजका अध्यक्ष तिर्थ थिङले जानकारी दिए ।
काभ्रे जिल्ला पनौती नगरपालिका वडा न. १२ भुमीडाँडाकी तामाङ स्वास्थ्य परिक्षणमा असफल भएर नेपाल फर्किनु पर्ने भएकोले तामाङ समाज कतारले सोमबार रु. ९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष थिङकानुसार संस्थागत रुपमा डोल्मालाई आर्थिक सहयोग गरेको बुझिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























