सुनिता दोङ तामाङ
इराक । इराकमा वैदेशिक रोजगारको सिलसिलामा पुगेका नेपालीहरुको संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले बनभोज कार्यक्रमको आयोजना गरिएको छ ।
समाजका अध्यक्ष राजीव थिङका अुनसार बनभोज कार्यक्रम नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा गर्न लागेको हो ।
अध्यक्ष थिङका अुनसार बनभोज कार्यक्रम आउँदो १९ अप्रिल २०१९ शुक्रवारका दिन गर्ने भएको छ । कार्यक्रम सुलेमानीकाे जेवेमा हुने उनले जानकारी दिए । कार्यक्रममा सहभागी हुनका लागि अग्रिम टिकट काटिने आयोजकले बताईएको छ । कार्यक्रमको तयारी तिब्र भएको बुझिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























