श्याम ङेसुर तामाङ
काठमाडौं । तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको १७ औं वार्षिक उत्सव यही अप्रिल ६, २०१९ शनिवारका दिन न्यूयोर्कमा हुने भएको छ।

कार्यक्रमका संयोजक तथा सोसाईटीका उपाध्यक्ष मोहन वाईबा तामाङले विगत देखि नै मनाउँदै आइएको स्थापना दिवसको अवसरमा यो वर्ष विभिन्न कार्यक्रमहरु गरेर मनाउने बताएका छन् । कार्यक्रममा संयोजक तथा सोसाईटीका उपाध्यक्ष वाईबाले न्यूयोर्क स्थित बाजेको सेकुवामा आयोजित कार्यक्रममा संस्थाले गरेका गतिविधि, ऐतिहासिक महत्वपुर्ण सम्पन्न कार्यहरु, नेपाल, अमेरिकामा रहेका तामाङ समुदायको सवालमा केन्द्रीत कार्यहरु हुने जनाएको छ ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिकाले संस्थाको स्थापना तथा १७ औं वार्षिक उत्सवमा सहभागी हुन अमेरिकामा रहेका संस्थासङ्ग आबद्ध पदाधिकारी ,संघ संस्थाका प्रतिनिधीहरु,सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको बताईएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।