काभ्रे । जिल्लाको महाभारत गाउपालिका वडा नं ३ निवासी ब्लड क्यान्सर पिडित शान्तमाया तामाङलाई काभ्रे कल्याणकारी समाज मलेसियाले उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
आज (शनिबार) एक कार्यक्रमका बीच पिडित तामाङलाई काभ्रे कल्याणकारी समाज मलेसियाद्वारा प्रादेशिक सांसद रत्न ढकालको प्रमुख अतिथिमा आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
विगत ६ महिना देखि प्राणघातक रोग ब्लड क्यानसर लागेका तामाङलाई समाजले १ लाख ५६ हजार ९ सय ३१ रुपैयाँ नगद सहयोग गरेको थियो । हाल उनी काठमाडौं सिनामगल स्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेका छन् । कार्यक्रममा समाजका अध्यक्ष उर्गेन थोकरको समेत सहभागीता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























