तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन आइतबार नेपाल हाउसमा सम्पन्न भएको छ ।

अधिवेशनबाट युगेल शेर्पा अध्यक्षमा चुनिएका छन् कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष वाइबी मगर, उपाध्यक्ष सोम वाईवा, राजेश चौधरी रहेका छन । महासचिव गोविन्द राई, सचिव मनोज वाईवा, कोषाध्यक्ष एक वहादुर गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा आङ सोनाम शेर्पा, राजकुमार राई, किशु थापामगर, सगुन भट्टचन, श्रीप्रसाद श्रेष्ठ, मान कुमार चौधरी, डोल्मा ओम् ह्योल्मो र तुलबहादुर मगर छन् । झन्डै तीन घन्टा ढिला सुरु भएको उदघाटन कार्यक्रमलाई एनआरएनए दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गरुङ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गोकुल थोकर, सोलुखुम्बु सेवा समाजका अध्यक्ष विसन राई लगायत विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिले सम्बोधन गरेका थिए ।

यस अधिवेशनमा अध्यक्षको अकांक्षीहरू धेरै भएपनि बेलुकी अबेर ९ बजेमा सहमतिमा सबै पदाधिकारीहरूको टुङ्गो लागेका थिए ।

यस अघिको कार्य समितिका अधिकांश पदाधिकारी नेपाल फिर्ति पश्चात पदहरु खाली भएकोले समय अघि नै अधिवेशन गरिएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।