सुनिता दोङ तामाङ/विजय तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराकमा पुगेका नेपालीहरुको साझा संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानिको अध्यक्षमा कमल वाईबा तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
आज (शुक्रबार) सम्पन्न समाजको दोस्रो अधिबेशनले वाईबाको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा होम तमु, महिला उपाध्यक्षमा देकि शेर्पा, महासचिबमा बिनोद श्रेष्ठ, सचिबमा नोर्शाङ शेर्पा, कोषाध्यक्षमा ठुलोकान्छा शेर्पा र सह–कोषाध्यक्षमा बन्सु मोक्तान निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष राजिब थिङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा FWCDO-FOREIGNER WORKERS संस्थाका मेनेजर हामा हजार माहम्मद, गैर आवासीय नेपाली संस्थाका पुर्ब अध्यक्ष लाल काजी गुरुङ, नेपाली महिला समाज कुर्दिस्तान अध्यक्ष सानू शेर्पा, नेपाल तामाङ घेदुङ, इराकका उपाध्यक्ष बिजय तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए ।
इराकमा वैदेशिक रोजगारको सिलसिलमा पुगेका नेपाली श्रमिकहरुलाई परेको समस्याको समाधान गर्न विगत एक दशकदेखि यो संस्था सक्रिया छ ।
























