सुनिता दोङ तामाङ÷विजय तामाङ
इराक । कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका नेपालीहरुले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाएका हुन् ।

इराकको पहाडी इलाका जेवेमा पुगेका नेपालीहरुले विभिन्न नेपाली परिकार बनाएका थिए । नेपाली गीतमा झुमेका नेपालीहरुले निक्कै नै रमाईलो साथ नयाँ वर्ष मनाएको समाजका अध्यक्ष कमल तामाङ वाईबाले बताए । ‘नेपाली हामी जहाँ पुगेपनि नेपालको माया अति नै लाग्छ ।’ उनले भने, ‘हाम्रो संस्कार, सँस्कृति र रितिरिवाजलाई कहाँ भुल्न सक्छौ र ? हामी जुन अवस्थामा छौं त्यहीं अवस्थामा हाम्रो चाडपर्व मनाउँछौं ।’

कार्यक्रममा नेपाल तामाङ घेदुङ, इराकका उपाध्यक्ष विजय तामाङ, कुर्दिस्तान महिला समूहका अध्यक्ष सानु शेर्पा, समाजका पूर्व अध्यक्ष राजीव थिङ, हिमालयन शेर्पा ग्रुपका अध्यक्ष ठिलेन शेर्पा, समाजका महासचिव बिनाेद श्रेषठ, सचिव नाेर्साङ शेर्पा, कोषाध्यक्ष ठूलोकान्छा शेर्पा लगायतका सामाजिक अभियान्ताहरुको समेत उपस्थिति रहेका थिए ।

Comments

comments