तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । गत बर्ष झै सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६३ औं बुद्ध जयन्ती” मे १२ तारिख आईतबार मनाउने भएको छ ।

उक्त कार्यक्रममा नेपालबाट पाल्नु भएका महाराजगंज निङमा कलेजका आचर्य लोपेन र शिछेन निङमा महायान बौध्द विहार गुम्वाको प्रमुख लामा धर्मगुरु अचार्य पेमा छिरिङ लामा र बौध्द तिनचुली ह्योल्मो गुम्बाको प्रमुख लामा छेवाङ नोर्बु ज्यूबाट बुद्ध धर्म सम्बन्धी प्रवचन हुने सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।

यस कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली सघं-सस्थाका प्रतिनीधि, बुद्धिजिवी, व्यवसायी, बिद्यार्थी, पत्रकार, खेलाडी, राजनीतिज्ञ, विश्लेषक लगायत कोरियावासी आम दाजुभाई दिदिबहिनीहरुलाई उपस्थितिका लागि सउल नेपाल गुम्बा व्यवस्थापन समिति हार्दिक अनुरोध गरेका छन् ।

सउल नेपाल गुम्बा र “नेपाल बुद्धिजम” ले आयोजना गरेको मे ५ तारिखका दिन जोग्येसा आगाडी हुने (문화마당)आ-आफ्नो देशको सांस्कृतिक तथा कला प्रदर्शनी (कल्चर एक्जिवेशन) मा आफ्नो एक स्टल रहने जानकारी गुम्बा व्यवस्थापन समितिका सचिब अमिर योञ्जनले बताए ।

सउल नेपाल गुम्बाद्वारा अायोजित १२ तारिखको कार्यक्रम गाङ्नाम, इलवान दोङ् मा दिउँसो २ बजे हुनेछ ।

Comments

comments