प्रवासी तामाङ समाज, कतारको अध्यक्षमा धिरेन तामाङ

कतार । वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका नेपाली तामाङहरुको संस्था प्रवासी तामाङ समाज, कतारको अध्यक्षमा धिरेन तामाङ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न समाजको आठौं अधिवेशनले तामाङको अध्यक्षतामा ३२ सदस्यीय समिति चयन गरेको छ ।

अधिवेशन ‘तामाङ जातिको परिबर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण, तामाङ भाषा, धर्म लिपि र साँस्कृतिको प्रबर्द्धन गरौं, ताम्सालिङ निर्माणको लागि जनदबाब सिर्जना गरौं ।’ भन्ने मूल नाराको साथ सम्पन्न भएको थियो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा नेत्र वाइबा तामाङ, द्वितीय उपाध्यक्षमा कुमारी तामाङ, महासचिवमा अशोक तामाङ, सचिबमा प्रेम बहादुर तामाङ, कोषाध्यक्षमा गौतम तामाङ, सह–कोषाध्यक्ष सुवास तामाङ रहेका छन् भने सदस्यहरुमा ललित कुमार तामाङ, जंगे लोप्चन तामाङ, कान्छाराम तामाङ, मणि लामा तामाङ, मोइराम तामाङ, अस्मिता तामाङ, बेग बहादुर तामाङ, मोहन थिङ तामाङ, समराज तामाङ, श्री बहादुर तामाङ, हर्क बहादुर तामङ, पुष्प मोक्तान तामाङ, राम चन्द्र तामाङ, माया तामाङ र सिर्चेन तामाङ रहेका छन् । अधिवेशनमा निर्वाचन संयोजक शङ्खाmलाल तामाङ रहेका थिए भने सदस्यहरुमा माइला वाइबा तामाङ, सुन्दर तामाङ रहेका थिए ।

समाजका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष शिव भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाले २०१७ देखि २०१९ को अवधिमा गरेका प्रगति प्रतिवेदन कार्यक्रम संचालक तथा महासचिव धिरेन तामाङ र आर्थिक प्रतिवेदन नेत्र वाइबा तामाङले प्रस्तुत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।