तेमाल अनलाईन संवाददाता,
दक्षिण कोरिया । गैर आवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सातौं अधिवेशन अगष्ट १७ र १८ तारिखमा हुने भएको छ ।
गत शनिवार गैर आवासिय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उपसंयोजक विनोद कुवँरको बिशेष उपस्थितीमा सम्पन्न बैठकले सो निर्णय गरेको प्रवक्ता अशोक मैनालीले बताएका छन् ।

बैठकले नयाँ सदस्यता दर्ता र नविकरणको लागी प्रवक्ता मैनाली र सचिव केशव थापाको संयोजकत्वमा सचिवालय गठन गर्ने निर्णय गर्दै नविकरण र नयाँ सदस्यता आवेदन मे १० तारिख देखि खुल्ला गरिने र जुलाई ३१ तारिखमा बन्द गरिने निर्णय गरेको हो ।

Comments

comments