तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ ख्यङसाङनाम्दो बुसान शाखा दक्षिण कोरियाको दोश्रो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। ख्याङ्नाम प्रान्तको किमे शहरमा मे ११ शनिबार भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा मिलन सोझे राई निर्विरोध चयन भएको छ ।

दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा रहेका विभिन्न संघसंस्था, बुद्दिजिवि, पत्रकार लगायतका व्यक्तिहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न अधिवेशनबाट अध्यक्षमा राई सहित नयाँ कार्यसमितिको चयन भएको छ ।

नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र पालुङवा सुब्बा, उपाध्यक्षमा दिप थापा मगर, रन तामाङ र परि गुरुङ, महासचिवमा राम तामाङ, सचिवमा सन्जोग कन्दङवा र सन्त तामाङ, कोषाध्यक्षमा राज तामाङ, सदस्यमा बिक्रम गुरुङ र बाँकी रहेका पदहरुमा कार्यसमितिले आफ्नो पहिलो बैठकबाट पदाधिकारी मनोनयन गरेर पदपूर्ति गर्नेछन् ।

नयाँ कार्यसमितिको चयन संगै पद तथा गोपनियताको सपथ ग्रहण पश्चात आफ्नो संक्षिप्त भनाइ राख्दै अध्यक्ष राईले महासंघको विधान क्षेत्राधिकार भित्र रहदैं सम्पूर्ण जातिय संस्थाहरुलाई समेट्दै अन्य संघसंस्थाहरुसंग आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई कायम राख्दै संस्थालाई अगाडि बढाउने कुराको प्रतिबद्धता गरेका छन् ।

Comments

comments