तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । कोरियाको सउल नेपाल गुम्बा २५६२ औं बुद्ध जयन्ती मनाएको छ । आइतबार बुद्ध जयन्तीको अवसरमा गुम्बाले विषेश पूजापाठ र बौद्ध दर्शन बारे प्रवचन गरी मनाएको हो ।

कार्यक्रममा नेपालबाट आउनुभएका बौद्ध तीनचुली ह्योल्मो गुम्बाका प्रमुख लामा दोर्जे लोप्पोन छेवाङ नोर्वु लामा र शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाको साथमा पूजापाठ भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुतवासका कार्यबाहक राजदुत किरण शाक्य प्रमुख अतिथिको रुपमा उपस्थिति थियो ।

पूजापाठपछि शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाले बुद्ध जन्म, बुद्धका वचन, बुद्धका सिद्धान्त, मानिसमा बुद्ध धर्मको महत्व लगायतका प्रवचन दिएका थिए । त्यस्तै बौद्ध तीनचुली ह्योल्मो गुम्बाका प्रमुख लामा दोर्जे लोप्पोन छेवाङ नोर्वु लामाले बुद्ध धार्मिकको विश्वास तथा महत्व सम्बन्धी प्रवचन दिएका थिए ।

औपचारिक कार्यक्रममा प्रमुख अथिति कार्यबाहक राजदुत किरण शाक्यले आफूले बुद्ध धर्मका पुस्तक अध्ययनका आधारमा धार्मिक महोत्व, सिद्धान्त र विभिन्न धार्मिक कार्यक्रममा सहभागीता हुने गरेका अनुभवहरु सुनाएका थिए ।

त्यस्तै सउल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै गुम्बा स्थापना गरेदेखि नै धार्मिक कार्य र कार्यक्रमहरुमा उपस्थिति भइ सहयोग गरेकामा खुसी ब्यक्त गरे ।

Comments

comments