तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । कोरियाको नागार्जुन गुम्बाले २५६३ औं बुद्ध जयन्ती जिहेङमा मनाएको छ । आइतबार २५६३ औं बुद्ध जयन्तीको अवसरमा गुम्बाले विषेश पूजापाठ र बौद्ध धर्मसम्बन्धि प्रवचन गरी मनाएको हो ।

कोरियामा क्रियाशील जातिय, क्षेत्रीय, धार्मिक, लैंगिक, भाषिक, राजनीतिक, गैर आवासीय नेपाली संघ, सञ्चारकर्मी लगायत अन्य संघ-संस्थाहरु र बौद्ध धर्मलम्बीहरुको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि लामा गुरू पेमा लामाले बुद्धको इतिहास, बुद्धको दर्शन तथा यसको महत्व बारे प्रवचन दिएका थिए ।

पूजापाठ पश्चात औपचारिक कार्यक्रममा गैर आवासीय नेपाली संघकी अध्यक्ष लक्ष्मी लामा गुरुङ र आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाले बुद्ध जयन्तिको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

त्यस्तै नागर्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले उल्लेख्य रुपमा उपस्थित हर्षित भएको र सम्पूर्णलाई धन्यवाद दिदै गुम्बा स्थापना गरेदेखि नै धार्मिक कार्य र कार्यक्रमहरुमा उपस्थिति भइ सहयोग गरेकोमा खुशी ब्यक्त गरेको छ ।

Comments

comments