तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । प्रत्येक बर्ष झै यो बर्ष पनि छान्दोङ्सा गुम्बाले कोरियाको बसन्त ऋतु र गर्मीयामको समय पारेर मे २६ तरिख आइतबारका दिन “१४ औं आप्रवासी सांस्कृतिक महोत्सव” गर्न गइरहेको छ । कार्यक्रम छन्दोङ्सा गुम्बा इन्छन खाङ्ह्वास्थित हुनेछ ।
उक्त कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर, आर्थोपेडिक, घरेलु आयुर्वेदिक औषधी उपाचार, युरोलोजी, आँखा बिभाग, परम्परागत विवाह समारोह, पैतालको मालिश, फोटो बनाउने, बुफे शैली खाना परिकार बनाउन, विभिन्न देशहरूको कला, संस्कृतिक प्रदर्शनी हुने आयोजकले बताएको छ ।
कार्यक्रममा दोङदेमुनबाट बसको व्यवस्था भएकोले उपस्थिती हुन इच्छुक जोकोही सम्पर्क गरेर सहभागिताका लागि समेत आग्रह गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























