सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराकमा पुगेका नेपालीहरुले बुद्ध जयन्ती भव्य रुपमा मनाएका छन् । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको आयोजनामा शुक्रबार एक कार्यक्रमका बीच बुद्धजयन्ती मनाएका हुन् ।

नेपाली महिला समाजका अध्यक्ष सानु शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले विश्व शान्तिका अग्रदूत भगवान बुद्धले अंगिकार गरेको बचनलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । बुद्धमार्गमा सबै प्राणीजगत लाग्नुपर्ने बताउँदै शेर्पाले प्राणीजगतको शान्तिको लागि अगाडि बढ्नुपर्ने बताए ।

सुलेमनिय स्थित नोबेल हाल सर्चिनरमा सम्पन्न उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष बिजय तामाङले गरेका थिए भनेसभापतित्व नेपाल तामाङ घेदुङका अध्यक्ष च्यङ्ब लामाले गरेका थ्एि ।

कार्यक्रममा कुर्दिस्तान प्रवासी समाजका अध्यक्ष कमाल वाइबा, हिमालयन शेर्प युनिक ग्रुपका ठिलेन शेर्पा, रेस्क्यु नेपालका प्रधिनिधी डिक्की शेर्पा, सिटी एक्सप्रेस मनिट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, प्रवासी मञ्चका राजन रावल लगायतका अतिथिहरुको सहभागीता रहेका थिए । कार्यक्रमको सञ्चालन श्याम मम्बाले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।