तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । जोग्येजोङले वैदेशिक बौध्द धर्म सम्बन्धी उपानियोगमा कार्यकारी सदस्यमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा मनोनित गरिएको छ । विदेशी राष्ट्रहरू मध्येबाट पहिलो पटक कार्यकारी सदस्य पदमा देश नेपाल परेको र कुन्साङ दोर्जे लामा मनोनित भएको हो ।

जोग्येजोङस्थित बिहिबार एक कार्यक्रम गर्दै लामा मनोनित भएका हुन् । यसरी मनोनित भएका कार्यकारी सदस्य पदको अवधि २ बर्षसम्म रहन्छ ।

(대한불교조계종 Jogye Oder) जोग्येजोङ कोरियाको सबैभन्दा पुरानो तथा ठूलो मानिने बौध्द धार्मिक सांस्था हो । जोग्येजोङको वैदेशिक बौध्द धर्म सम्बन्धी उपानियोगको कार्यसमितिले वैदेशिक् तथा कोरियान बौध्द धर्म मैत्री सम्बन्ध, अपसी सदभाव कायम गर्दै विश्वका विभिन्न मूलुकहरूमा बुद्ध दर्शन तथा बौध्द धर्म प्रचारप्रसारको कार्य गर्दछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।