काभ्रे । बुद्धि विकास मन्डल खेल मैदानमा भएको सि डिभिजन छनौट खेलमा तेमाल फूटबल क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अजा भएका खेलमा मनमाइजु फूटवल क्लबलाई ४–० गोलको अन्तरले तेमाल फूटवल क्लबले जित निकाल्न सफल भएपछि सेमिफाइनलमा प्रवेश गरेको छ । समूहमा रहेको ३ वटा टिमलाई पछि पार्दै समूह विजेता बनेको क्लबका अध्यक्ष रोशन दोङले तेमाल अनलाईनलाई बताए ।

तेमाल फूटवल क्लबका लागि सुगृत मगरले १, यमन पुतुवार १, रुपेश अधिकारीले १ र सुवास गुरुङले १ गोल गर्न सफल भएको थियो । अब सेमिफाइनल खेल अर्को विजेतासँग खेल्ने खेलतालिका रहेको अध्यक्ष दोङले जानकारी दिए । उलने क्लबको तर्फबाट प्रतियोगितामा हरेक प्रकारले सहयोग गर्ने महानुभवहरुलाइ हार्दिक धन्यवाद समेत दिएका छन् ।
प्रतियोगिता अखिल नेपाल फूटबल संघको आयोजनामा भएको हो ।
यो पनि पढ्नुहोस्ः
सी डिभिजन छनौट खेलमा तेमाल फूटबल क्लबको जीत शुरु (भिडियो सहित)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























