तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । नेपाल तामाङ संघ दक्षिण कोरियाको वार्षिक साधारणसभा जुलाइ ७ तारिकमा हुने भएको छ ।
संघको जुन २ तारिख तामाङ धिममा भएको बैठकले दक्षिण कोरियाको दोङदेमुनस्थित ट्राभलको हलमा गर्ने निर्णय भएको संघका अध्यक्ष मेघप्रसाद वाइबाले जानकारी दिएको हो ।
तामाङ जातिको मौलिक पहिचान विश्वभर फैलाउनु तथा संरक्षण गर्नु पर्दछ भन्ने मर्मका साथ आफ्नो भाषा, साहित्य, भेषभुषा, लिपी, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्धनमा संस्थाले प्रवासमा रहेर आफ्नो समुदाय केन्द्रित कार्यक्रमहरू गर्दै अाइरहेको छ ।
संघको विविध विषयमा छलफलमार्फत नेपाल तामाङ संघ दक्षिण कोरियाले कार्यविधि बनाएर सशक्त रूपमा अघि बढ्ने संघका महासचिब गोकुल थोकरले बताउनुभएको छ ।
संघले विभिन्न पेशा र क्षेत्रमा आबद्ध सम्पूर्ण तामाङ दाजुभाई, दिदीबहिनी, व्यावसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधी लगायत शुभचिन्तकहरुलाई साधारणसभामा सहभागी हुन आग्रह समेत गरेका छन् ।
























