तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाले कोरियावासी नेपाली विभिन्न १२ जातीय संस्थासंग प्रत्यक्ष सार्वजनिक रूपमा सामूहिक संवाद कार्यक्रम गर्ने भएको छ ।
कोरियामा क्रियाशील जातीय संस्थाहरुको प्रतिनिधिहरुसंग जुन ३० तारिख आइतबार संवाद गर्न लागिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गोकुल थोकारले बताएको हो ।
फोनिज कोरियाको आयोजनामा कोरियावासी नेपाली जातीय संस्थाका प्रतिनिधि र अन्य क्षेत्रीय संस्थामा रहेका जनजाति प्रतिनिधिहरुलाई एकै मञ्चमा राखेर आफ्नो पहिचानको लागि प्रवासमा कस्तो भूमिका छ भन्ने विषयमा संवाद गर्ने भएको हो ।
दोङ्देमुनको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा बिहानको ११ बजेर ४५ बजे सुरु हुनेछ । फोनिजका अध्यक्ष थोकरले निश्चित समय मै कार्यक्रम सुरु हुनेसमेत बताएको छ ।
उक्त संवाद कार्यक्रमलाइ फोनिज कोरिया डटनेट, सैलुङ अनलाइन र तेमाल अनलाइन डटकमको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने जानकारी आयोजकले गरेको छ ।
कार्यक्रममा जातिय संस्थामा आबद्ध एवं अन्य जातिय समुदायका प्रतिनिधिहरुलाई पनि फोनिजले उपस्थितिको लागि आव्हान गरेको छ ।
























