कविता
म मृत्युु पर्खिरहेको छु ।
म रुनुको पिडा
अनि तिमिलाई गुमाउनुको पिडा
हुदा हुँदै पनि
दुख्दा दुख्दै पनि
सम्झनाको थोरै गाठो
मुटु भित्र परिरहेको छ ।
अनि अतितको यादमा
पिल्छिरहेको छु ।
म मृत्युु पर्खिरहेको छु ।
कतै हराएको छु।
कतै टुटेको छु।
जिवनको यो अनिदो
रातलाई पन्छाउन खोजिरहेछु ।
अनि उसका सारा यादहरु
पर फ्याक्नको लागि
म मृत्युु पर्खिरहेको छु।
उसको एक मुस्कान
बिर्से पनि बिर्सिदैन
याद आउछ र त
मेरो मन हारेको छ।
मानौ कि युद्द हारे जसरी
तर पनि तिम्रो यादमा
म प्रेमको सा , रे , ग , म गाउदैछु ।
केवल तिम्रो लागि
तिम्ले तिखा वचनका वाणहरु
प्रहार गरेका छौ र त यो मनमा
सहन नसकेर
म मृत्यु पर्खिरहेको छु ।
जुन दिन सम्बन्ध तोडेर गयौं ।
बिचैमा साथ छोडेर गयौं ।
त्यहि दिन बाट ,
तिम्रो तस्बिर लुकाएर राखेको हृदयमा
डढेलो लागेको छ ।
निभाउन कठिन भएको छ ।
अतित सम्झेर,
एउटा जिन्दगीमा पटक पटक मर्नु परेको छ ।
वियोगको आगोमा जल्नु परेको छ ।
कति छल्दै हिड्ने
कति भाग्दै हिड्ने
जिन्दगी देखि हारिसकेको छु
मनमा जिउने आश मारिसकेको छु ।
त्यसैले म मृत्यु पर्खिरहेको छु।
कस्मिका सेढाई ( अप्सरा )
बेलकोटगढी १२, नुवाकोट