काभ्रे । थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न अन्तर्राष्ट्रिय तामाङ परिषद् पूर्वी एसिया क्षेत्रीय सम्मेलनले जापान तामाङ समाजकी अस्मिता वाईबा तामाङलाई संयोजकमा निर्वाचित गरेको छ । आइतबार बैककस्थित स्वागत होटलमा सम्पन्न सम्मेलनले वाईबाको नेतृत्वमा ७ सदस्यीय पूर्वी एसिया क्षेत्रीय समन्वय समिति गठन गरेको हो ।

समन्वय समितिको सचिवमा नेपाल तामाङ घेदुङ हङकङका अध्यक्ष विश्वनाथ घिसिङ र सदस्यहरुमा भ्वाईस लामा (थाइल्यान्ड ), स्नेह तामाङ (कोरिया), दिप तामाङ(म्यान्मार), फुर्बा तामाङ ( मलेसिया ), हेम तामाङ (मकाओ) रहेका छन् ।

कार्यक्रमा संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङ, दक्षिण कोरियाका लागि नेपालका पुर्व राजदुत एवं पुर्व सांसद कमानसिंह लामा, अन्तर्राष्ट्रिय तामाङ परिषद्का अध्यक्ष के.एम. तितुङ, अन्तर्राष्ट्रिय तामाङ परिषद् वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष एवं परिषद्का महासचिव मोहन गोले, नेपाल तामाङ घेदुङ सल्लाहकार सुजेन्द्र तामाङ, तामाङ समाज जापानका संस्थापक हवलचन्द्रद्र लामा, नेपाल तामाङ घेदुङ हङकङका अध्यक्ष विश्वनाथ घिसिङ, तामाङ संघ दक्षिण कोरिया उपाध्यक्ष स्नेहा तामाङ, नेपाल तामाङ घेदुङ मकाउका अध्यक्ष हेमबहादुर तामाङ, तामाङ घेदुङ मलेसिया प्रतिनिधि फुर्वा मोक्तानलगायत पुगेका थिए ।

त्यसैगरि सम्मेलनले ७ बुँदे बैंकक घोषणा पत्र समेत जारी गरिएको छ ।
























