काभ्रे । थाईल्याण्डको राजधानी बैंककमा सम्पन्न अन्तर्राष्ट्रिय तामाङ परिषद् पूर्वी एशिया क्षेत्रीय सम्मेलनले पाँचबुँदे घोषणा जारी गरेको छ । जुन २२ र २३ गते सम्पन्न सम्मेलनले उक्त घोषणा गरेको हो ।
घोषणापत्रमा तामाङ सभ्यताको विकास भएको आदिम भूमि नेपालको ताम्सालिङलाई संघीय गणतन्त्र नेपालमा ताम्सालिङ प्रदेश निर्माण गर्न नेपाल तामाङ घेदुङ, ताम्सालिङ संघर्ष समिति सहित विभिन्न संघ÷संस्थाहरुको पहलमा भएको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सबैखाले साथ, सहयोग, समर्थन उपलब्ध गराउँदै जाने प्रतिवद्धता ब्यक्त गरेको छ ।
त्यसैगरि तामाङ जातिको सामाजिक विकासमा टेवा पु¥याउन पूर्वी एशिया अन्तर्गत तामाङ संघ÷संस्था क्रियाशिल रहेको मुलुकहरुमा एक सदस्य संस्था–एक सहयोग संकलन कार्यक्रम ९ँगलम च्बष्कष्लन०–एक परियोजना र एक विपद् ब्यवस्थापन कोष निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
यस्तो छ बैंकक घोषणा पत्रः
अन्तर्राष्ट्रिय तामाङ परिषद् पूर्वी एशिया क्षेत्रीय सम्मेलन, बैंकक घोषणा–पत्र, २०१९
तामाङ जातिको आदिमभूमि नेपालको ताम्सालिङबाट ऐतिहासिक उत्पीडन तथा विश्व भूमण्डलीकरणको प्रभावले पूर्वी एशियाको विभिन्न मुलुकमा बसोबास गर्न आइपुगेका हामी तामाङहरुको विशिष्ट साँस्कृतिक पहिचान (भाषा, धर्म, संस्कृति, परम्परा) लाई जीवन्त राख्ने प्रतिवद्धता ब्यक्त गर्दै,
सन् २००२ मा स्थापित अन्तर्राष्ट्रिय तामाङ परिषद्ले विभिन्न समयमा जारी गरेको घोषणा–पत्र तथा पछिल्लोपटक भारतको पर्यटकिय शहर दार्जिलिङ, मिरिकमा सम्पन्न ऐतिहासिक चौथो सम्मेलनबाट पारित कार्य योजनाको मूलभावनालाई आत्मसात् गर्दै,
तामाङ जीवन समाप्त गर्न दिनप्रतिदिन बढ्दै गईरहेको हिन्दूकरण, खसकरण, पश्चिमाकरण, तिब्बतीकरण र बाह्यकरणको अतिक्रमण तथा विश्व भूमण्डलीकरणबाट तामाङको मौलिक ज्ञान, परम्परालाई बचाउने र भावी पुस्तालाई हस्तान्तरण गर्ने द ृढ संकल्प गर्दै,
तामाङ समुदायको एकताको आधार अन्तर्राष्ट्रिय तामाङ परिषद्लाई सबैको अन्तर्राष्ट्रिय साझा संगठनको रुपमा विकास गर्न पूर्वी एशिया अन्तर्गतको सबै तामाङ संघ÷संस्थाहरुलाई समेटेर लाने अठोट गर्दै,
अन्तर्राष्ट्रिय तामाङ परिषद्को केन्द्रीय कार्य योजनालाई कार्यान्वयन गर्न र पूर्वी एशिया अन्तर्गत बसोबास गर्ने सबै तामाङ समुदायको सुखदुःखमा क्षेत्रीय समन्वय समितिको निर्माण गरी एकआपसमा सहकार्य, समन्वय तथा हातेमालो गर्दै अघि बढ्ने सामूहिक कसम खाँदै,
हामी पूर्वी एशियाका तामाङ संघ÷संस्थाहरु तामाङ समाज थाइल्याण्डको आतिथ्यतामा बैंककमा सम्पन्न ऐतिहासिक प्रथम पूर्वी एशिया क्षेत्रीय सम्मेलनबाट निम्न बुँदाको बैंकक घोषणा–पत्र जारी गर्दछौंः
१. तामाङ सभ्यताको विकास भएको आदिम भूमि नेपालको ताम्सालिङलाई संघीय गणतन्त्र नेपालमा ताम्सालिङ प्रदेश निर्माण गर्न नेपाल तामाङ घेदुङ, ताम्सालिङ संघर्ष समिति सहित विभिन्न संघ÷संस्थाहरुको पहलमा भएको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सबैखाले साथ, सहयोग, समर्थन उपलब्ध गराउ ँदै जाने प्रतिवद्धता ब्यक्त गर्दछौ ।
२. तामाङ जातिको सामाजिक विकासमा टेवा पु¥याउन पूर्वी एशिया अन्तर्गत तामाङ संघ÷संस्था क्रियाशिल रहेको मुलुकहरुमा एक सदस्य संस्था–एक सहयोग संकलन कार्यक्रम ९ँगलम च्बष्कष्लन० – एक परियोजना र एक विपद् ब्यवस्थापन कोष निर्माण गर्नेछौ ।
३. पूर्वी एशियाको सबै मुलुकहरुमा चोहोको नेतृत्वमा ताम्बा, लामा र बोन्बो सम्मिलित एक साँस्कृतिक संयन्त्र निर्माण गरी अन्तर्राष्ट्रिय तामाङ परिषद्ले पारित गरेको साँस्कृतिक निर्देशिका अनुरुप साँस्कृतिक पुनर्जागरण दशकलाई प्रभावकारी रुपमा लागू गर्न प्रत्येक बर्ष प्रत्येक संस्थाले तामाङ साँस्कृतिक पुनर्जागरण कार्यक्रम र तामाङ भाषा, लिपि विकासको कार्यक्रम सञ्चालन गर्नेछौ ।
४. भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को विशेष पहलमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय तामाङ गुम्बा तथा नेपाल तामाङ घेदुङको पहलमा तामाङ जातिको विविध पक्ष झल्किने तामाङ साँस्कृतिक भवन निर्माणको कार्यमा सहयोग पु¥याउनेछौ ।
५. अन्तर्राष्ट्रिय तामाङ परिषदद्वारा पारित तामाङ स्वःविकास कार्यक्रमलाई लागू गर्न संसारभरिका ब्यापार÷ब्यवसायमा आवद्ध तामाङ ब्यापारीहरुको अन्तर्राष्ट्रिय भेला सम्पन्न गर्न सबैप्रकारको सहयोग जुटाउने र तत्काल एक सदस्य संगठन–एक लगानी समूह निर्माण गर्नेछौ ।
अन्तमा, अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन सम्पन्न गर्न ब्यवस्थापन जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्बाह गर्नुहुने तामाङ समाज थाइलैण्ड परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । थुजेछे ।
२३ जुन, २०१९ बैंकक, थाईल्याण्ड ।
























