तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं कार्यसमितिको वार्षिक साधारणसभा कार्यक्रम दोङ्देमुनमा अवस्थित निक ट्राभलको सभाहल आइतबार सम्पन्न भएको हो । साधारण सभा कार्यक्रम ‘भाषा, संस्कृति र संस्कारको संरक्षण गर्दै ताम्सालिङ प्राप्तिको लागि अघि बढौं ।’ भन्ने नारा राखि कार्यक्रम गरेका थिए ।

कार्यक्रममा नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाको सभापतित्वमा र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा प्रमुख आतिथ्यतामा अौपाचारिक कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरि विशेष अतिथिहहरूमा नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा, सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा, तामाङ समाज ख्याङ्साङनाम्दो बुसानका कार्यबाहक अध्यक्ष सुजित घिसिङ, गैर आवासीय नेपाली संघ (एनअरएनए) दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूङ, नेपाली सम्पर्क समिति (एनसीसी)का बरिष्ठ उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ, नेपाल मगर संघका अध्यक्ष सीपी मगर, किरात राइ यायोख्खाका अध्यक्ष बालकृष्णा बान्तवा, थारू कल्याणकारीणी सभाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महात्तो, थकाली सेवा समाजका अध्यक्ष लोकेन्द्र भट्टचन, नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष चित्र बहादुर मोक्तान, नेपाल तामाङ संघका निवर्तमान अध्यक्ष उइना सिं वाइबा, प्रदेश ३ एकता समाजका अध्यक्ष किशोर कुमार ब्लोन, पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राइ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष गोकुल थोकर, तामाङ पत्रकार संघकी अध्यक्ष सिमा लामा, काभ्रे सम्पर्क समितिका अध्यक्ष सानु लामा, मकवनपुर कोरिया मञ्चका अध्यक्ष राज कुमार गोले, दोलखाली समाजका अध्यक्ष सरोज केसी र सिन्धुपाल्चोक समाजका अध्यक्ष सञ्जीब भण्डारी रहेको थियो ।

कोरियामा रहेर सञ्चारमाध्यममा क्रियाशील ४ सञ्चारकर्मीहरूलाई सम्मानित गरेका थिए । सम्मानित हुनेहरूमा तेमाल अनलाइनका दुध बहादुर लामा, अनलाईन मिडिया वानका किशोर कुमार ब्लोन, सैलुङ अनलाइनका अमिर योञ्जन, फोनिज कोरियाका बिमल सिं लामालाइ सम्मान गरेका थिए ।

अौपाचारिक कार्यक्रम पछि संघको साधारणसभाको विशेष छलफल भएको थियो । उक्त साधारण सभाको भेलाले नेपाल तामाङ संघ दक्षिण कोरियाको २०१२ को विधानलाई संशोधित गरि नेपाल तामाङ संघ दक्षिण कोरियाको विधान २०१९ पारित गरिएको थियो ।

सभामा संघको महासचिव गोकुल थोकरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मनोज वाईबाले आर्थिक  प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै महासचिबद्वारा प्रतिवेदनमा प्रस्ताबित आर्थिक समिति विघाटन गरि लेखा परिक्षक समिति  गठन गरेका थिए ।

उक्त सभाको भेलाले सामाजिक कार्य क्रियाशील पर्वती मोक्तानलाई संघको सल्लाहकारमा चयन गरेका थिए ।

उक्त ताम्सालिङ हाम्रो साझा मुदा रहेकोले यसलाइ सबै सिङ्गो तामाङ समुदायले बुझ्न जरूरी रहेको र संघको सकारात्मक पक्षलाई आंगाल्दै कमजोरी पक्षलाई सुधार्दै अघि बड्ने कार्यक्रमका सभापति  नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले बताए । साथै संघप्रति रचनात्मक भूमिका खेल्नु हुने, उपस्थित सबैमा आभारी भन्दै अध्यक्ष वाईबाले सभा समापन गरेका थिए ।

 

Comments

comments