तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया दक्षिण कोरियको सरकारले सन् २०२० को लागि ज्याला निर्धारण समितिको १२ औं पटकको बैठक कामदारको तलबमा २.९ प्रतिशतले बृद्धि गरिएको छ । अर्को बर्षदेखि महिनामा २०९ घण्टा काम गर्ने मजदुरले महिनामा न्युनतम ज्याला १७ लाख ९५ हजार ३ सय १० वोन पाउने भएको छ ।

सेजुंगस्थित ज्याला निर्धारण समितिको ११ पटकसम्म स्थागित बैठक, १२ औं पटकको बैठकले अन्ततः कामदारको तलब २.९ प्रतिशतले बढाएको हो । गत बर्ष १०.९ प्रतिशत तलब बढाएको थियो । ज्याला निर्धारण समितिमा सरकार, ब्यावसायी र मजदुर संगठन गरि ३ पक्षको सहमतिमा निर्धारण हुन्छ र सहमति नभएमा मतदान प्रकृयाबाट निर्णय गर्ने गरिन्छ ।

कम्पनी ब्यबसायी पक्षले क्षेत्र, सानो ठुलो कम्पनी अनुसार फरक फरक न्युनतम ज्याला दिन पाउने नियम बनाउन गरेको प्रस्ताब पारित नभए पछि २ पटक बैठक बहिस्कारका साथै अहिलेको तलबभन्दा ४.३ प्रतिशत घटाई ८ हजार वोन प्रस्ताब गरका थिए । समितिको ११ बैठकमा सहभागी भएर २% घटाएर ८१८५ वोन प्रस्ताब गरेको थिए ।

समितिको बैठकमा मजदुर युनियनको सदस्यहरुले अहिलेको तलबभन्दा १९.९% बढी प्रतिघन्टा १० हजार हुनु पर्ने माग गर्दै आएकोमा त्यो नहुने सम्भव नभएपछि घटाएर ९,५७० वोन प्रस्ताब गरेका थिए । आफ्नो माग पूरा गराउन केसिटियु मजदुर माहासंघले न्युनतम ज्याला निर्धारण समितिको बैठकस्थल सेजुंगसी अगाडी धर्ना दिदै र्यालीको कार्यक्रमसमेत निरन्तर गरेका थिए ।

ज्याला निर्धारण समितिमा श्रमिक प्रतिनिधिले आफ्नो १०,००० (मान वन) मागलाई जोडदार रुपमा राख्दै आएको र अन्तमा मजदुर पक्ष ले राखेको ८८८० वन को प्रस्ताव र सरकार पक्ष ले राखेको ८५९० वन प्रस्तावको बीचमा मतदान हुदाँ सरकारको पक्ष मा १५ मत र मजदुरको पक्षमा ११ मत पर्दा सरकारले ल्याएको प्रस्ताव पारित भएको आप्रवासी मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राइले जानकारी दिए ।

यससँगै कोरियन कामदार र नेपाल लगायत विभिन्न देशबाट इपिएसमार्फत दक्षिण कोरिया आएका कामदारको आगमी बर्षको जनवरीदेखि बढेको तलब तलब लागू हुनेछ । सन् २०२० को लागि न्युनतम ज्याला प्रति घण्टा ८ हजार ५ सय ९० वोन कामदरले पाउने छ । यसले प्रतिघण्टा ८५९० वोन अर्थात तलबको २.९ प्रतिशत बृद्धि हो ।

गत बर्ष २०१९ को लागि न्युनतम ज्याला प्रति घण्टा ८ हजार ३ सय ५० वोन, प्रतिघण्टा ८२० वोन अर्थात तलबको १०.९ प्रतिशत बृद्धि गरेका थिए ।

अहिलेको दक्षिण कोरियाको सरकारलाई मजदुर मैत्री सरकारका रुपमा हेरिन्छ । अहिलेका राष्ट्रपनि मुन जेईनले आफ्नो राष्ट्रपतिय चुनाबका समयमा नै सन् २०२० सम्म एक घन्टा कामको १०,००० वन पुर्याउने घोषणा गरेका थिए तर देशको खस्कदोँ आर्थिक अवस्था, ब्यापार–ब्यवसायमा आएको अधिकतम ह्रासको कारणले व्यबसायीहरूको बिरोधले हुन नसकिएको हो ।

Comments

comments