• टासी लामा तामाङ, वरिष्ठ उपाध्यक्ष, अन्तर्राष्ट्रिय तामाङ परिषद
हाम्रा पुर्खाहरुले नेपालको मध्ये पहाडी–हिमाली भू–भाग हालको प्रस्तावित ताम्सालिङ क्षेत्रमा हजारौ बर्षको निरन्तर बसोबासको क्रममा आफ्नो बिशिष्ट सामाजिक प्रणाली, मान्यता, भाषा र सभ्यताको बिकास गरे । इतिहासको विभिन्न कालखण्डमा बसाई–सराई प्रक्रिया र घटनाक्रमहरु सँगै केही पुर्खाहरु हालको देशहरुको सिमाङ्कन हुनु पुर्ब नै भारत र भुटान पुगेको र त्यसपछि बर्मा हुदै थाइल्याण्ड र मलेशिया पुगेको देखिन्छ । पछिल्लो समयमा रोजगार, अध्यायन र अन्य अवसरको सिलशिलामा विभिन्न देशहरुमा तामाङहरु पुगेर स्थायी/अस्थायी बसोबासको थालनी पनि प्रारम्भ गरेको छ ।
सम्मेलन बैंकक मै किन र महत्व के ?
नेपालबाट बसाई–सराईको क्रममा भारत/भुटान/बर्मा पुग्दा हाम्रा पुर्खाहरु नेपाली भएर पुगे र उहाँहरुको राज्यको आधिकारिक भाषा, संस्कृति सम्बन्धित देशको र आफ्नो भाषा, संस्कृति (पहिचान) चाँही नेपाली वा हिन्दु संस्कृति र खस भाषा हुन पुग्यो । र तामाङहरुकै निम्ति आफ्नो भाषा, संस्कृति तेस्रो प्राथमिकतामा पर्न गयो ।
जनसंख्याको हिसाबले भारतमा अलि धेरै तामाङहरु रहेकोले केहिहदसम्म तामाङ सभ्यता आफै भित्र भएपनि अभ्यास गर्ने वातावरण बनिरह्यो । तर, ज्यादै सानो संख्यामा बर्मा र त्यहाँबाट छिमेकी देशहरु थाइल्याण्ड, मलेशिया पुगेका तामाङहरुलाई त्यो अवसर प्राप्त भएन । र, ति देशहरुमा हाम्रो भाषा र संस्कृति लोपुन्मुख अवस्थामा पुग्यो ।
राज्यको विभेदकारी नीति र भूमण्डलीकरणको प्रभाबले अन्तर्राष्ट्रिय स्तरमा तामाङहरुको बसाई–सराईको प्रक्रिया झन्झन् बढ्दै जाने देखिन्छ । यो सम्मेलनले हामी जुनसुकै देशको नागरिक वा बासिन्दा भएपनि हाम्रो मौलिक पहिचान (राष्ट्रियता) तामाङ सभ्यतालाई बनाउने र अर्को सम्मेलनमा सबैले तामाङ भाषामा मन्तब्य राख्न सक्ने हुने गरी बर्मामा भेट्ने बाचा सहित सम्मेलन सम्पन्न भयो |

फेरी ति देशहरु भूगोलको हिसाबले तामाङहरुको आदिमभूमि नेपालको ताम्सालिङबाट धेरै टाढा रहेकोले कैँयौ बर्षसम्म सम्बन्ध विच्छेदको अवस्थामा रह्यो । त्यस्तो परिस्थिति झेलिरहेको हाम्रा सन्तानहरुलाई यो अन्तर्राष्ट्रिय अभियानमा जोड्न सकिएन भने हाम्रो अभियान अपूरो हुन्छ । त्यसैले हामीले पूर्वी एशिया क्षेत्रीय सम्मेलन थाइल्याण्डको बैंककमा गर्ने निर्णय ग¥यौं । बर्मामा त्यहाँको राजनीतिक स्थिति र आवत–जावतमा असहज थियो । र, त्यहाँ गर्न अलि धेरै तयारीको आवश्यकता थियो । त्यो क्षेत्रको तामाङहरुको बसोबासको स्थिति त्यत्ति मात्रै हैन ।
संसारको सबै भन्दा धेरै रोजगारको सिलशिलामा प्रवासी तामाङ युवाहरु रहेको देश मध्येको एक मलेशिया, उस्तै संख्यामा रहेको दक्षिण कोरिया र सबै भन्दा धेरै तामाङ बिद्यार्थी रहेको देश जापान यही क्षेत्रमा पर्दछ । थोरै संख्या भएपनि अलि लामो बसाइको इतिहास बोकेको हङकङ र मकाउ पनि यही क्षेत्रमा पर्दछ ।
सम्मेलनमा के–के भयो ?
उक्त सम्मेलनमा ७ देशहरुको सदस्य संस्थाहरुले भाग लिएका थिए भने नेपाल, भारत र संयुक्त अरव इमिरेटबाट शुभकामना र ऐक्यबद्धता जनाउँन ठुलो संख्यामा प्रतिनिधि र अतिथिहरु सहभागी हुनुहुन्थ्यो । सो जमघटमा पारिवारिक मिलन÷पुनर्मिलन जस्तो आत्मिय भाव एक अर्कामा देखिन्थ्यो । जसलाई तामाङ राष्ट्रियताको भाव पनि भन्न सकिन्छ । अन्तर्राष्ट्रिय तामाङ परिषदले त्यो भावनालाई अझ उच्च स्तरमा विकास गर्न जोखिममा पर्दै गएको तामाङ पहिचानलाई सबै देशमा जीवित र मजबुद बनाउदै लैजानु पर्ने हुन्छ । ताम्बा, लामा र बोम्बोद्वारा साङ–सेग्र्याम गरे लगतै छ्युँमी बालेर अतिथिहरुले कार्यक्रमको उद्घघाटन गर्नु भयो र कलाकारहरुले तामाङ अन्तर्राष्ट्रिय गित गाउनु भयो । सबै अतिथिहरुको शुभकामना मन्तब्यका साथै विभिन्न देशहरुबाट प्रेसित शुभकामना सन्देशहरु पनि वाचन भयो ।
रिपोर्टिङ राख्नेक्रममा बर्माको प्रतिनिधिले २–४ वटा नेपाली शब्दहरु राख्दै बाँकी बर्मन भाषामै राख्नु भयो । हङकङको प्रतिनिधिले आफु हङकङ मै जन्मेर हुर्केकोले तामाङ वा नेपाली भाषामा प्रष्ट राख्न नसकिने भन्दै अंग्रेजी मै रेपोर्टिङ राख्नु भयो । थाइलेल्याण्ड मै जन्मेका तामाङ समाज थाइल्याण्डको अध्यक्षले पनि नेपाली र अंग्रेजी मिसाएर स्वागत गर्नु भयो । जापान, कोरिया, मकाउ र मलेशियाको प्रतिनिधिहरुले नेपाली भाषामा राख्नु भएपनि कोरिया, जापान र मकाउको प्रतिनिधिहरु उतैको स्थायी बासिन्दा हुनुहुन्थ्यो ।
सो जमघटमा पारिवारिक मिलन÷पुनर्मिलन जस्तो आत्मिय भाव एक अर्कामा देखिन्थ्यो । जसलाई तामाङ राष्ट्रियताको भाव पनि भन्न सकिन्छ । अन्तर्राष्ट्रिय तामाङ परिषदले त्यो भावनालाई अझ उच्च स्तरमा विकास गर्न जोखिममा पर्दै गएको तामाङ पहिचानलाई सबै देशमा जीवित र मजबुद बनाउदै लैजानु पर्ने हुन्छ ।
भाषा र बसोबासको दृष्टिले साँचिकै अन्तर्राष्ट्रिय सम्मेलन जस्तो त देखियो, तर सबैमा समान बिषय के थियो भने कसैले पनि मन्तब्य तामाङ भाषामा राख्नु भएन । नेपाल, बर्मा र थाईल्याण्डका कलाकारहरुले आ–आफ्नो मौलिक सांगितिक प्रस्तुति सहित सहभागीहरुलाई मनोरञ्जन दिनुभयो । कलाकारहरुको प्रस्तुतिलाई हेर्दा पनि सम्मेलन अन्तर्राष्ट्रिय जस्तै देखिन्थ्यो ।
सम्मेलनको निर्णयहरु र निष्कर्ष
सम्मेलनमा क्षेत्रीय सवालहरु र समन्वय, केन्द्रिय कार्ययोजनामा सहयोग र सहभागीता र क्षेत्रीय संरचना निर्माणमा छलफल र निर्णय गर्दै साथै काम गर्ने साझा प्रतिबद्धता जनायो । तामाङ पहिचान यत्तिखेर संसारको कुनैपनि देशको राज्य स्तरमा संस्थागत नभएकोले नेपालको हाल ३ नम्बर प्रदेशलाई नेवाःताम्सालिङ नामकरण गरी तामाङ पहिचान स्थापना गर्ने र हामी त्यो प्रदेशको पहिलो नागरिक बन्ने आन्दोलनलाई यो क्षेत्रबाट सबैले साथ र सहयोग जुटाउने बैकक घोषणा पत्रको पहिलो बुंँदाको रुपमा सर्बसम्मतिले पारित गरियो । चोहोको नेतृत्वमा ताम्बा, बोम्बो र लामा सम्मिलित सांस्कृतिक संयन्त्र सबै देशमा बनाउने र आवश्यक पर्दा ताम्बा, बोम्बो र लामा देश भित्रै सहज उपलब्ध गराई सबैले सांस्कृतिक अभ्यास गर्न पाउने बातावरण निर्माण गर्ने र सबै देशले भाषा र संस्कृति प्रशिक्षण केन्द्र संचालनमा ल्याउने निर्णय गरियो ।
सबै सदस्य संस्थाहरुले बार्षिक रुपमा कोष संकलन कार्यक्रम गरी सबैले सामाजिक बिकासको परियोजना संचालन गर्ने र समुदाय भित्र आपत–बिपत पर्दा सहयोगको लागि सबैले बिपत ब्यबस्थापन कोष निर्माण गर्ने । लुम्बिनीमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय तामाङ गुम्बा र नेपाल तामाङ घेदुङको पहलमा निर्माण हुन लागेको तामाङ साँस्कृतिक भवन निर्माणको निम्ति सबैले कम्तिमा एकपटक कोष संकलन कार्यक्रम गरी सहयोग जुटाउने निर्णय गरियो ।
राज्यको विभेदकारी नीति र भूमण्डलीकरणको प्रभाबले अन्तर्राष्ट्रिय स्तरमा तामाङहरुको बसाई–सराईको प्रक्रिया झन्झन् बढ्दै जाने देखिन्छ । यो सम्मेलनले हामी जुनसुकै देशको नागरिक वा बासिन्दा भएपनि हाम्रो मौलिक पहिचान (राष्ट्रियता) तामाङ सभ्यतालाई बनाउने र अर्को सम्मेलनमा सबैले तामाङ भाषामा मन्तब्य राख्न सक्ने हुने गरी बर्मामा भेट्ने बाचा सहित सम्मेलन सम्पन्न भयो ।

Comments

comments