• रक्तिम लामा
हेगमा लगे के हुन्छ ?
माओवादी जनयुद्धको योगदानलाई तलमाथि गरेर यसको सारत्वलाई न्यूनीकरण ग¥यो भने स्वयं माओवादीका मुख्य लिडरसिपहरु जाने ठाउँ हेग नै हुन । तर यो पनि बिर्सनु हुँदैन कि त्यही जनयुद्ध र त्यही नेतृत्वले नै नेपालमा राजतन्त्र फालिएको हो । अन्य शक्ति सहायक हुन ।
हो हिजो युद्धमा ८० बर्षको वृद्ध या १२ र १५ बर्षको बाल बालिकालाई समेत तत्कालिन फासिस्ट सत्ताले धरपकड गरेर यातना दिने, गिरफ्तार गर्ने, त्यस्तै परे हत्या नै गरेको थियो । त्यो बेला कयौ वृद्ध तथा बालबालिकाहरुलाई माओवादी सत्ताले सुरक्षा दिएको थियो । यसैलाइ अहिले शान्ती प्रक्रियामामा आएर प्रचण्ड बाबुरामलाई युद्ध अपराधीको रुपमा दर्ज गर्न खोज्नु परिवर्तनलाई अस्विकार गर्नु हो । केही शक्तिहरुको उकसाहटमा लागेर जनयुद्ध र तिनको नेतृत्वलाई यतिसम्मको सोच राखेर के नेपाल र नेपालिको भविस्य उज्ज्वल होला ?
हेग पु¥याउनेमा नेकपाकै एक तप्का
१. एउटा तप्का छः १० बर्षको माओवादी जनयुद्धलाई अपराधीकरण गरेर तिनका नेता कार्यकर्तालाई सके पालैपालो नेपालकै जेल कोचिदिने, नभए नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर कथित युद्ध अपराधको सजाय दिने ।
२. अर्को तप्का छः पुर्व माओवादी आन्दोलनमा सहभागी समुहहरुलाई उत्तेजित पारेर फेरि युद्धमा जबर्जस्त वा योजनामै फसाएर मुलुकलाई रुवान्डा या फिजिकरण गर्ने ।
३. यतिभए पछि जनयुद्धले स्थापित गरेका गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीलाई असफल साबित गरेर पुरानै सामन्ती राजतन्त्र फर्काउने मेसो देखिन्छ ।
यो हुन दिन देश बाहिरका शक्ति र देशभित्रका शक्तिहरुमात्र होइन सरकारी नेकपा भित्रकै एउटा तप्का विभिन्न आवरणमा लागिपरेको छ । अध्यक्ष कमरेड प्रचण्डलाई सायद थाहा होला।
पार्टी एकता र निषेधको खेल
राजनितीमा निषेध राम्रो पक्ष हुँदै होइन । माओवादी केन्द्र निर्माण गर्दा ठुलाभन्ने पार्टीको छाती भगेराको जत्रो थियो, अप्राकृतिक कम्पिटिसनले अन्तत पार्टी बिघटन भएर एमालेसँग ठोस्सिन पुग्यो । हामीले स्थानिय निर्वाचन पुर्वसम्म सकेसम्म माओवादी केन्द्रलाइ क्रान्तिकारी पार्टीकै चरित्रमा राख्ने कोसिस ग¥यौ । अन्ततशः हार खाएर भनम या इतिहासको आवश्यकता भनम एमालेसँग एकता (कतिपयले बिलय पनि भन्ने गरेका छन्) ग¥यौ । ठिकै पनि भयो । नहुनु मामा भन्दा के जाती भन्या जस्तो परिणामले राम्रै देखायो । दुई तिहाइ प्राप्त भयो ।
सरकार हाम्रै भयो राम्रै भो । संघ, प्रदेश र स्थानीयमा बर्चस्व राम्रै कायम भयो । जब पार्टी एकीकरणको नरम करम मिलानको कुरा आउँछ उहीँ माओवादी केन्द्र निर्माण ताका भएको चरम निशेधकै पुनराबृति हुन्छ । अहिले ठुला पार्टीका केही पात्रहरु पिन्ड साडे जस्तै प्रस्तुत हुन्छ । अहिले त्यसको सबैभन्दा चरम भिकटिममा हिजोका ठुला नै बढी परेका छन् । अन्य हामी साना शक्तिहरुलाई त खासै अहिले नयाँ लागेकै छैन।
हामी हिजो पनि पार्टीमा शोषणमै थियौ र आज के नै नौलो हो । यहि तरिकाले कम्युनिस्ट आन्दोलन समाप्त होला कि भन्ने चिन्ता हामीलाई गहिरो गरि लागेकैछ । हिजो यहि कुरा माथी खबरदारी गर्दा गर्दै माओवादी धारा नै समाप्त भएर नेकपा त भयो तर अब नेकपा निर्माणले कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशातर्फ जाला या जाँदै गरेको देख्छौ हामी । केका लागि एकता केका लागि दुई तिहाइ केका लागि सँगै ? भन्ने बहस जबर्जस्त हाम्रासामु उभिएको छ ।
अरु के गर्छन हाम्रो सरोकार रहेन, हामी शक्ति र अवसरको लागि नाङ्गो हुनै सक्दैनौ, हिजो हाम्रो जे प्रतिवद्धता हो त्यसमा हामी कटिबद्ध छौ । हामीलाई कुनै वाधा अडचन या असजिलो कुनै छैन । स्वतन्त्ररुपमा बिचारको रक्षा गर्न, यद्यपि हामी अहिले नेकपामै छौ ।
(लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का सदस्य हुनुहुन्छ ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।