काभ्रे जिल्ला माहाभारत गाउँपालिका वडा नं. ६ साबिक बनखुचौर बस्ने भतm बहादुर यस्माली मगरको जन्म बि.सं. २००१ सालमा भएको हो । बुबा लाल बहादुर यस्माली र आमा पबि मायाँ यस्माली मगरको कोखबाट जन्मिएका मगर हाल ७६ बर्ष को हुन्ुहुन्छ । बृद्ध भतm बहादुर यस्माली मगरसँग उहाँको बाल्याकाल देखिको जीबन भोगाईकोबारेमा विजय सिन्जली मगरले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
मेरो बाल्यकालको खाना
दैनिक कोदो र मकैको ढिंडो । असारमा फर्सीको तिहुन खान्थ्यौं, नत्र नीस्तै ढिंडो मात्र । दुध दही अटुट ह्न्थ्यो । अहिले जस्तो दुःख थिएन । चामलको भात खान बिहे आउनु पथ्र्यो । कसैकोमा त आदि चामल आदि मकैको चेस्लाको भात दिन्थ्यो । गहतको दाल र तेलको सट्टा घिउको भूटन खान्थ्यौं । खाजाको रुपमा जाँड खान्थ्यौं । ७ धार्नी घिउको रु. ४० आउथ्यो । विंडी खानलाई तराईबाट सुर्तीको काँचोपात बेच्न ल्याउँथ्यो ।
म यूबा हुँदा बिबाह गर्ने
मेरोे पालामा बिहे गर्नु धेरै महत्व ठान्दथ्यो । त्यस बेला धेरै दुःख र खर्च हुने । दुलाहाले सेतो कपडाको दौरा सुरुवाल र टोपी र नैन सुटको फेटा लगाउने चलन थियो । सेतो कपडा लगाए पछि दुला हो भनेर चिन्थ्यो । केटीको घरमा पोङ लिएर माग्न जाने चलन थियो । केटीले सून, ढुंग्री, चुरा दमाई बाजा, कलस, डोली, ९ हातको सारी माग्ने चलन थियो । अहिले जस्तो सजिलो थिएन ।
मेरो पालामा गाउने गीत
मेरो मिल्ने साथी मोतmान बुढा थिए । ऊ मरीसक्यो । त्यस बेलाको गीत अहिले जस्तो धाङधुङ होईन । दुवा
गीत, घाँसे गीत गाउँथ्यो । जसमा यस्तो छ
गाई बान्ने दाम्ला, कुकुर बान्ने सांला
बोटेलाई कुकुर गन्जीरमा
बरबाछा डाउनु सानु माया लाउनु
छ , छैन कान्छी मन्जीरमा
उहिले र अहिलेको राजनिति
हाम्रो पालामा गाउँमा तालुकदार, पटवारी, जीम्दार, मुखिया, पंच भन्ने चलन थियो । गाउँको मुखीयाले गोरु जोत्न ल्याउ, भनेपछि लानै पर्ने । नलगे घरमै आएर लट्ठी ले कुटी हाल्ने चलन थियो । पाहुनालाई पकाएको भात सबै मुखियाको छोराहरु आएर खाने । दशैमा १।१ वटा मुढा लगीदिनु पर्ने । सानो ल्याएमा मुखभरी थुकी दिने । ठुलै लगेमा अमिलो सुईके जाँड दिने ।
मेरो बाल्याकालको अबिस्मरणीय घटना
म भर्खरको छँदा बाउ बाजेहरुले ‘पूर्वबाट काँग्रेस आयो । लौ बोका बाख्रा लुका । खानेकुरा लुका’ भनेर भन्थ्यो । ‘जंगल तिर भाग’ भन्थ्यो । काँग्रेसले कुखुरा माग्ने नदिए झिकेर खाने गथ्र्यो ।
मेरो पालोमा लुगा कपडा
भोटो, दशंैमा ईस्टकोट ल्याईदिने, कम्मरमा कन्धनी बाँधेर धोती लगाउने चलन थियो । त्यति बेला घरैपिच्छे कपडा बुन्ने तान हुन्थ्यो । कपासलाई वईटेउने र पीउरी बनाउने चलन थियो । धागोलाई चर्खामा हाल्ने चलन थियो ।
मेरो पालमा बाली
त्यास बेलामा कोदो बढी रोप्ने र मास छर्न खोरीया फाड्ने चलन थियो । तोरी बढी हुन्थ्यो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।