सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराकमा पुगेका नेपालीहरुको संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले दशैं विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । समाजले विजया दशमी तथा दिपावलीको अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
समाजका अध्यक्ष कमल वाइबाका अनुसार “दशै आइसक्यो हामी प्रवासमा छौं तैपनि मिलेर रमाइलो गरौं“ भन्ने नारा नै तय गरि दशैंमा यसरी भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
‘नेपाली चाडहरु नजिकिंदै गर्दा स्वभाविक रुपमा घरपरिवारको याद सारै आउँछ । अनि हामी भावुक पनि हुन्छौं ।’ अध्यक्ष लामाले भने, ‘घरपरिवारलाई पनि सम्झदै नेपाली दाजुभाई दिदीबहीनीहरु जम्मा भएर हामीले भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका हौं ।’
वाईका अनुसार कार्यक्रम यही ११ अक्टोबर २०१९ शुक्रबारका दिन मिलानो हलमा हुने भएको छ । ‘बिजया दशमी तथा दिपावलीको सुभ–अवसरमा भेट्घाट र शुभकामना आदानप्रदान कार्यक्रम राखिएको हुँदा कुर्दिस्तान भर कर्म गरिरहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल पारिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।’ वाइबाले आव्हान गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।