सुनिता दोङ तामाङ,

इराक । नेपालीहरूको महानपर्व बडादशैंको अवसरमा कुर्दिस्तान सुलेमानीमा नेपालीहरूले दशैंको टिकाका दिन कार्यक्रमहरू गरि मनाएका छन् ।

सुलेमानीमा रेष्टुरेन्ट ब्यवसाय गरिरहेका आर्यन मोक्तनले आफ्नै नेपाली रेष्टुरेन्ट एण्ड बारमा दशैं कार्यक्रम मंगलबार आयोजना गरेका थिए । नेपाली चाडपर्वमा इराकमा रहेका नेपालीहरबीच भाइचार र सदभाव कायम राख्ने उद्देश्यले कार्यक्रम राखेको नेपाली रेष्टुरेन्ट एण्ड बारका सञ्चालक आर्यन मोक्तनले बताउनुभयो ।

कार्यक्रममा उपस्थित नेपालीहरूमा  शुभकामना आदानप्रदान गरेका थिए । नेपालीहरू उल्लेख उपस्थितीमा दशैं कार्यक्रम सम्पन्न भएको हो ।

Comments

comments