–इमाला तावा ‘इकमान’
शम्भु प्रधानको २५ वर्षअघि बनेको फिल्म ‘स्वर्ग’मा समावेश यो गीत तिहार नजिकै गर्दा रेडियो, टीभि तथा व्यक्तिको मोबाईल लगायत गाउँ शहर सबैतिर बज्न थालेका छन् । हरेक वर्षको तिहारमा रिलिज हुने तिहार गीतहरुभन्दा पनि यो धेरै नै गुन्जिन्छ । यो गीतको तुलनामा अहिलेका गीतहरु सदाबहार हुन सकेको देखिँदैन ।
त्यस्तै यतिबेला बजारमा सप्तरंगी फूलहरु पनि देखिने क्रम बढेको छ भने फुलको माग अरु बेलाभन्दा ह्वात्तै बढेका छन् । गाउँ घरमा खेत बारीको ढिलामा रोपेको सयपत्री, मखमली लगायतको फूल तिहार आउने लाग्दा ढकमक्क फुलेको छ । फूलको रंगीचंगीले साच्चै नै तिहार आएको आभास हुने गरेको छन् । गाउँ नै रमाइलो भएको छ । यतिबेला गाउँको हरेक घर–घरमा फूलको बगैँचा देखिन्छ । कारण अरु केही नभएर नजिकिदै गरेको पर्व तिहारले गर्दा नै हो । विशेष गरी तिहारलाई फुलहरुको पर्वको रुपमा पनि चिनिन्छ । तिहारको अवसरमा विभिन्न जात तथा थरीका फुलहरु देख्न पाइन्छ । फुल विक्रिमा राखेका उद्यमीहरुलाई दशैयता फुल विक्री गर्न भ्याईनभ्याई छ ।
तिहार र यस्को संस्कृतिक महत्व
तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । तिहार विशेष गरी नेपालमा मनाइन्छ । यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट शुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ ।
तिहारलाई दीपावली अनि दिवालीको साथै फूल र झिलिमिलि बत्तिको पर्वको नामले पनि चिनिन्छ । दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने कामनाले पनि तिहार पर्व मनाइन्छ । प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
तिहारको सांस्कृतिक पक्ष पनि छ । नेपाल कृषि प्रधान देश हो । कृषक आफ्नो खेतबारीमा सुनौलो अन्न रूपी संपत्ति फलाएपर घरमा ल्याउँने समय कृषकको खुशी एवं उमंगको सीमा हुँदैन । यस खुशीको अवसरमा तिहार पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ । पछिल्लो समय तिहार पराम्परागत नभई केही भड्किलो हुँदै गएको देखिन्छ । तिहारलाई पश्चिमी शैली र संस्कृतिले ग्रस्त पारिसकेको अवस्था छ ।
सप्तरंगी फुल र त्यसको विक्रि
भन्छन् ,फूलको महत्व त्यो बेला सम्म रहन्छ जब सम्म फूल बोट मै हुन्छ, टिपेपछि फूलको महत्व हराउँछ । फूलको महत्व मानव जिवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । फूलप्रति आकर्षित नहुने को होला र ? त्यही फूललसँग मानव जिवन दाँज्न खोजिएको छ । हाम्री दिदीबहिनीहरुले फूलहरुको माला लगाउनुको कारण यही कि फूल जस्तै जिवन सुन्दर होस् । त्यसैले तिहारमा फूलहरुले पनि विशेष अर्थ र महत्व छ । वर्षमा एक दिन दिदि बहिनीले दाजुभाईको दीर्घायुको कामना गर्दै टिका तथा कहिल्यै पनि नओईल्याउने फुलहरुको माला लगाएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।
फूल तथा बत्तीको पर्व मानिने तिहारमा विषेश गरी मखमली, सयपत्री र गोदावरीका फुल खास मानिन्छन् । यी तिन प्रकारका फूलहरुको आफ्नै विषेशता छन् । तिहारको माहोललाई मनमोहक सिंगार्न हाम्रा आफ्नै बारी र बगैंचाका उत्पादनले मात्र नभ्याएर छिमेकी देशबाट समेत सयपत्री, मखमली लगायतका फूलहरू ठूलो परिमाणमा भित्र्याउने गर्छन् । तिहारको संस्कृतिमा मौलाएका सयपत्री फूलहरु अरु बेला पनि खपत हुने गरेपनि यसको सर्वाधिक खपत हुने बेला भने तिहार नै हो ।
दक्षिण अमेरिकी महादेशको ब्राजिल, पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको अतिथि फूल मखमली फूल दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपाली तिहारको अभिन्न अंग बनिसकेको छ । मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रुप मा लिइन्छ । त्यसैले कहिले नझ्र्ने, नओइलाउने र वर्षौै पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । मखमलीलाई नेपाली भाषामा ग्वे स्वाँ सुपारी फूल भनिन्छ ।
पछिल्लो समय सयपत्री, मखमली फूलहरुको विकल्पमा आएको प्लाष्टिकको फूलहरुले बजार रंगीन थालेका छन् । त्यस्तै हेदाँ आकर्षक देखिने र बोकेर हिड्न पनि सजिलो हुने भएका कारण पनि प्लाष्टिकको फूलको माग पनि उत्तिकै मात्रमा बढेका छन् । खैर, जे भए पनि हाम्रो संस्कृतिलाई आधुनिक भड्किलो शैलीमा नभई आफ्नो मौलिक संस्कृति झल्किने र जोगाउने हिसाबले मनाउनु÷मनाउने जिम्मेवारी पनि उत्तिकै मात्र रहेका छन् । बजारमा हेर्ने हो भने पनि सयपत्री, मखमली फूलहरु भन्दा पनि कृतिम फुलहरुको बढी देखिन्छन् ।
यस्तो हुनुको कारण कृतिम प्लाष्टिकका फूलहरु सस्तो र नओइलिने भएको कारण पनि हो । यो एक महिना अघि नै किनेर राख्दा पनि पनि यसको सुन्दरतामा कुनै फरक नरहेकोले पनि यसतर्फ मानिसहरु आकर्षित भएका भने पक्कै हो । तैपनि नेपालमा पुष्प खेती गर्नेहरु बढीरहेका छन् भने उनीहरुको फुलले पनि राम्रो मुल्य पाइरहेका छन् । जुन खुशीको कुरा नै मान्नु पर्छ । काभ्रे जिल्लाबाट मात्रै पनि अहिले तिहारमा करोडौ मुल्यको फूल बिक्रि हुने गरेको तथ्याङ्काहरु छन् । पुष्प खेती गर्ने व्यवसायीहरु पनि फुल खेती र त्यसको मुल्यबाट सन्तुष्टि देखिन्छन् ।
साउन अन्तिम साता लगाएको खेतीमा दशैँको घटस्थापनाका दिनदेखि फुल विक्रि शुरु भएपनि तिहारको पुर्व सन्ध्यामा भने अत्याधिक विक्री हुने गर्छ । यतिसम्म कि नेपालमा उत्पादन भएको फुलले मात्रै नभएर छिमेकी मुलुक भारत लगायतबाटसमेत करोडौँ मुल्य बराबरको आयात हुने गर्छन् । नेपालमा देश बाहिरबाट कति मुल्य बराबरको फुलहरु भित्रिन्छ भन्ने कुरा गत वर्ष तथा विगतका वर्षमा आयात हुने गरेको फुलको इतिहास हेर्दा नै प्रष्ट हुन्छ । फुलको ३०÷३५ वटा थुङ्गाको एउटा माला बनाएर व्यवसायीहरुले प्रतिमाला रु. ५० रुपैयाँदेखि २०० सम्म लिने गरेको पाइन्छ । समान्यतय फुल खेतीको व्यवसाय गर्नेह?ले पनि दशैदेखि तिहारसम्म करिब ५ लाख रुपैयाँको फूल बिक्री गर्ने गरेको बताउछन् । तिहारका लागि फूल खेती गरे पनि दशैदेखि नै फुलको माग आउने तथा विक्रि हुने गर्छ ।
केही दिन अघि मात्रै ललितपुर जिल्लाको जावलाखेलको खेल मैदानमा कार्तिक १ गतेदेखि ४ गतेसम्म चलेको ‘१३ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६’ले चार दिनमा ६५ लाख रुपैयाँको कारोबार भयो । जब कि आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले ५० लाख रपैँया बराबरको करोबार हुने अनुमान गरेको थियो । मेलामा भएको फूल प्रदर्शनी भएको कारोबार तथा अवलोकनकर्ताहरुको भीडले पुष्प व्यवसायीलाई हौसला मिलेको छ । त्यस्तै यसबाट पनि के प्रष्ट हुन्छ भने नेपालमा फूलको महत्व र आवश्यकता कति छ भन्ने कुरा थाहा पाउन गह्रो छैन ।
यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । खुशी कुरा मान्नु पर्छ यसपाली बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । वास्तावमै यो एउटा सुखद कुरा हो । यसबाट के प्रष्ट हुन्छ भने स्वदेशी उत्पादन बढ्दै गाएको छ भन्नेमा शंका नै छैन ।
एसोशिएसनको अनुसार हाल नेपालमै ६ अर्ब बराबरको पुष्प व्यवसाय छ । तिहारका बेला झण्डै २५ लाख हाराहारीमा मालाको माग रहने र कुल मागको करिब ९५ प्रतिशत अर्थात २२÷२३ लाख माला नेपालमै उत्पादन हुन्छ । बाँकी करिब दुई लाख पचास हजार माला तिहारका लागि आवश्यक देखिएको छ । यसै मौकाको फाइदा उठाउँदै गैर पुष्प व्यवसायीले अवैध मालाको आयात गरेको फ्लोरिकल्चर एसोशिएसनको आरोप छ । नेपालमा सयपत्री माला मिटरको ६० देखी ७० रुपैयाँ पर्छ । तर भारतीय बजारमा त्यही सयपत्रीको माला भारतीय ५ देखि ७ रुपैयाँ मात्र पर्छ । नेपालमा ल्याउँदा भन्सार, ढुवानी लगायत सबै खर्च कटाउदा पनि जम्मा जम्मी १५ देखि २० रुपैयाँमा माला आउँछ ।
यसलाई सजिलै बजारमा ३०–४० रुपैयाँमा बेच्न सकिन्छ । यसमा व्यापारीहरुले राम्रै फाइदा लिन सक्छन् । तर नेपाली कृषकहरुले यो मूल्यमा आफ्नो उत्पादन बेच्च सक्दैनन् । जसले गर्दा नेपाली उत्पादन र कृषक विस्तापित हुने खतरा पनि उत्तिकै मात्रमा बढ्ने गरेको पनि छ । सरकारले स्वदेशी उत्पादन र कृषकको हकहितकै लागि विदेशी आयात तथा अवैध रुपमा भित्रिने मालालाई रोक्नु पर्दछ । स्वदेशी व्यवसायलाई नै धरासायी पार्ने गरी आयात भएको मालाको कारोबार यथाशीघ्र रोक्न सरकारले नै विशेष पहल गर्न आवश्यक छ । आशा गरौँ, यसतर्फ सरकारको ध्यान केन्द्रित हुनेछ ।
सदाबहार छैनन् तिहार गीत
तिहार भन्न साथ शम्भु प्रधानको २५ वर्षअघि बनेको फिल्म ‘स्वर्ग’मा समावेश यो तिहार गीत ‘तिहारै आयो लौ झिलीमिली, ए सुन हजुर भैलिनी आईन् आँगन ….’ नसम्झिने मान्छे कमै मात्रमा होलान् । युट्युबमा खोज्ने हो भने थुप्रै नयाँ तिहार गीतह? भेटिन्छन् । हुन त म कुनै सर्जक अथवा विज्ञ पनि होइन । र पनि मैले आँखै अघि देखेका घटनाह?को बारेमा भनिरहेको हुँ । यसपालि मात्रै रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘टीकामाला, खुमन अधिकारी र देवी घर्तीमगरको स्वरमा रहेको गीत ‘आयो तिहार’ हुँदै दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीत ‘ह्याप्पी तिहार’ लगायतका थुप्रै गीतह? यसपालि रिलिज भएका छन् । तर यी अधिकांश गीतले तिहार पर्वको महत्व, संस्कृति र गम्भीरताभन्दा पनि हल्काफुल्का र बजारिया तत्वलाई विशेष गरेर समातेको देखिन्छ । अहिलेका गीतह? मौलिक संस्कृतिभन्दा रमाईलोतिर बढी केन्द्रित भइरहेका छन् । यस्ता गीतले पर्व महत्व दर्शाउनेभन्दा पनि विकृतिलाई भित्र्याउन खोजेको जस्तो देखिन्छ ।
पछिल्लो समय रिलिज भएका तिहार गीतह? सदाबहारभन्दा पनि मौसमी र क्षणिक छन् । वास्तावमै अहिलेका पर्व गीतह? टिकाउ र सदाबहार प्रकृतिका छैन । जुन कुरा गीत संगीतको क्षेत्रमा अनवरत ?पमा लागिरहेका गीतकार तथा कलाकारह? नै स्वीकार गर्छन् । वर्ष विशेष गीतह? छोटो अवधिकै लागि हने भएकाले पहिलेको तुलनामा तिहार गीतह? अहिले घटेको पनि देखिन्छ । खासमा छिट्टै र छोटो समयमा नै चर्चा कमानउतिर मात्रै सर्जकह?को ध्यानाकर्षण भएकोले पनि पर्व गीतह?मा त्यति मिहिनेत नदेखिएका हुन् ।
तिहार गीत लेख्ने र गाउने सर्जकह?ले ‘स्वर्ग’ फिल्ममा लोचन भट्टराई र नूतन प्रधानले स्वर दिएको गीत ‘ तिहारै आयो…’ जस्तो जति पुरानो भए नि सुनौँ सुनौ लाग्ने सदाबहार सिर्जनाबाट सिक्न ज?री छ । यो गीत जस्तो सदाबहार गीत २५ वर्षको अन्तरालमा पनि अहिलेसम्म आउन सकेको छैन । गीतलाई कति आयु दिने भन्नु कुरा सर्जकह?को हातमा निर्भर हुने हुँदा गीत नै बनाए सकेपछि अलि समयसम्म आयु रहने गीत बनाउन तर्फ सर्जकह? लाग्नु पर्छ । क्षणिक चर्चा र फाईदाको हिसाबले मात्रै गीत संगीतलाई हेर्नु हुदैन । यसपालिको तिहारको अवसर पारेर रामकृष्ण ढकालको स्वरमा रमेश बिजीको गीत ‘टीकामाला’ ले भने बाध्यता तथा कारणबस टाढा भएको चेली–माइतीबीचको गहिरो सम्बन्धलाई देखाउन खोजिएको छ । यो सकरात्मक पाटो हो । ‘टिकामाला’ले थोरै भए पनि सदाबहार गीतको लय समातेको छ । न्याय गरेको छ । पछिल्लो समयमा बजारमा आयो अधिकांश गीतह? हेर्दा तिहारका गीतह?मा हुने लय, तिहार के हो भन्ने बारेमा पनि कम अध्ययन अनुसन्धान भएको र ज्ञान हुने सर्जकह? पनि त्यतातिर ध्यान दिन नचाहेको स्पष्ट देखिन्छन् । मलाई कुनै समय पर्व र लोक संस्कृतिका गीतलाई शम्भु राई र बम बहादुर कार्कीजस्ता अग्रजले गरेको राम्रो कामबाट नयाँ पुस्ताले सिक्न नसकेको जस्तो लाग्छ । सबै पुस्तालाई समेट्ने कोसिस गर्नुपर्छ । त्यसमा आधुनिक प्रयोग हुन ज?री छ । तर मौलिक संस्कृतिलाई भने चटक्कै विर्सनु हुदैन भन्ने हो । अबको दिनमा हरेक स्रष्टाले सदाबहार सिर्जना दिनेतिर पनि सोच्नुपर्छ ।
























