सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराकमा रहेका नेपालीहरुले विविभन्न कार्यक्रमहरुका साथ तिहार मनाउने भएको छ । प्रवासी कलाकार ग्रुप कुर्दिस्तान इराकको आयोजनामा दिपावली धमाका, शुभकामना आदानप्रदानदेखि भाग्यशाली चिट्ठा कार्यक्रमको समेत आयोजना गरिएको छ ।
‘सँस्कर सँस्कृतिको जगेर्ना गरौं, कला र कलाकारको उच्च सम्मान गरौं’ भन्ने मूल नाराका साथ प्रवासी कलाकार ग्रुप कुर्दिस्तानले शुभ दिपावाली तथा छठ पर्वको अवसरमा बृहत साँस्कृतिक तथा शुभकामना आदानप्रदान एवं भाग्यशाली चिठ्ठा कार्यक्रम हुने कार्यक्रम संयोजक साजन शेर्पाले जानकारी दिए ।
कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा नेपाली सँस्कृति झल्काउने बिभिन्न नृत्य तथा गायन कला प्रस्तुत हुनेसंयोजक शेर्पाले तेमाल अनलाईनलाई बताए ।
त्यसैगरि भाग्यशाली चिट्ठा उपहार कार्यक्रम समेत हुने प्रवासी कलाकार ग्रुप कुर्दिस्तानका संयोजक प्रकाश योञ्जनले बताए । भग्याशाली चिठ्ठा उपहार कार्यक्रममा विभिन्न उपहारको समेत व्यवस्था गरिएको ग्रुपका संयोजक योञ्जनले जानकारी दिए । योन्जनका अनुसार उक्त भाग्यशाली उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर १ जनालाई, दोस्रो पुरस्कार ल्यापटप १ जनालाई, तेस्रो पुरस्कार HUWAI Y9 2019 मोवाईल १ जनालाई र सन्त्वना पुरस्कार Rolax हात्ते घडी रहेको छ ।
आयोजकका अनुसार कार्यक्रम नोबेम्बर ८ तारिकखका दिन प्यालेस होटलमा विहान १० बजेबाट शुरु हुनेछ । कार्यक्रममा टिक शुल्क भने १० हजार IQD रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।