सुनिला दोङ तामाङ
साईप्रस । नेपाल तामाङ घेदुङ साईप्रसले आफ्नो तेस्रो बार्षिकोत्सव भव्यताका साथ मनाइएको छ ।
‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संकृतिको संम्बद्र्धन’ भन्ने मुल नाराका साथ २०१६ अक्टोबरमा स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले आइतबार तेस्रो वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका हो ।

नेपाल तामाङ घेदुङ साईप्रसकि अध्यक्ष साङमो थोकर तामाङको सभापतित्व तथा गैर आवासीय नेपाली संघ साईप्रसका महासचिव कृपा थापाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । घेदुङकी सचीव सुनिला दोङ तामाङको स्वागत मन्तव्य तथा महासचिव लक्ष्मी ब्लोन तामाङको संचालनमा भएको कार्यक्रमलाई प्रमुख अतिथि कृपा थापा र कार्यक्रमका सभापति साङमो थोकर तामाङले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा साईप्रसमा स्थापित गैर आवासीय नेपाली संघ साईप्रस, चितवन सेवा समाज साईप्रस, शेर्पा किदुक साईप्रस, ह्योल्मो समाज साइप्रस, तमु सेवा समाज, तामाङ बौद्ध महासंग साईप्रस र जनसम्पर्क समिती साईप्रस आदि संघ संस्थाका प्रतिनिधिहरुको सहभासगीता रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका एनआरएनएका महासचिव कृपा थापाले साईप्रसमा हरेक समस्याहरुको चर्चा गर्दै गैर आवासीय नेपाली संघ साईप्रस समस्या समाधानका लागि सधै तत्पर रहने बताईन् ।

साथै सस्थापक अध्यक्ष नानू गोन्जाले घेदुङको स्थापनाकालदेखि आजसम्म पनि विभिन्न तरिकाले सहयोग पु¥याउने सबैलाई धन्यवाद दिंदै सामाजिक रुपमा रुपान्तरण गर्न घेदुङले महत्वपूर्ण भूमिका खेल्ने भएकोले शसक्त रुपमा अगाडि बढ्न सबैलाई अनुरोध गरिन् ।
कार्यक्रममा महासचिव लक्ष्मी ब्लोन तामाङले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
घेदुङ साईप्रसका अध्यक्ष साङमो थोकर तामाङले विशेष गरि साईप्रस घेदुङले तामाङ जातिको लागि खेलेको भूमिका अझ शसक्त रुपमा लैजाने प्रतिबद्धता जनाएकी थिइन् । कार्यक्रमको समापन गर्दै थोकरले आगामी दिनहरुमा सबैको साथ सहयोगको अपेक्षा गर्दै उपस्थित हुनेसबैलाई धन्यवाद समेत दिएकी थिइन् ।

Comments

comments