तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नागार्जुन गुम्बा र तामाङ बौद्ध परिवारले संयुक्त रूपमा धार्मिक प्रवचन कार्यक्रमको आयोजना गर्न गइरहेको छ । कार्यक्रम दक्षिण कोरियाको नागार्जुन गुम्बामा नोभेम्बर १० तारिख आइतबार हुने भएको छ ।

नेपालका श्रद्वेय धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङबाट शरण गमन र चार आर्य सत्यको बारेमा महत्वपूर्ण धर्म देशना साथै विशेष पार्मिक अन्तर्क्रिया कार्यक्रम हुने नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले जानकारी दिनुभयो ।

गेशे गुरु भ्रमणको सिलसिलामा दक्षिण कोरिया हुनुहुन्छ । यही अवसरमा यो प्रवचन कार्यक्रम हुन गइरहेको हो ।

दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण धर्म प्रेमी महानुभाबहरुलाई कार्यक्रममा सहभागी हुन नेपाल बौद्ध परिवारका महासचिब धोन्डुप लामाले अनुरोध गर्नुभयो ।

प्रवचन कार्यक्रम नागार्जुन गुम्बा जिहेङमा बिहान १०:३० बजेबाट हुनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।