तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । थेग्छेन छ्योइलिङ (सउल नेपाल गुम्बा)ले सोमबार सउलको हानगाङस्थित छेथर कार्यक्रम सम्पन्न गरेको छ ।
गुम्बाले आफ्नो मासिक कार्यक्रममध्ये छेथर कार्यक्रमको आयोजना गरि छेपा ग्ये अर्थात अष्टामी (साङगे मेन्ल्हा) वैसाझ्या गुरूको पावन दिन पारेर छेथर अर्थात प्राणी जगतको प्राण बचाएर दान वा जिवनदान गर्ने गरिन्छ ।
अष्टामी धार्मिक आस्था अनुसार सङ्गे मेन्ला (वैसाझ्या गुरूको धर्म देशना अनुसार अप्ठ्यारोमा परेको प्राणी जगतको उध्दार गर्नु छेथर हो, यसबाट सम्पूर्ण मानब जातिको कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।
ब्यक्तिको इच्छा वा जन्म बर्ष अनुसार जनावर, पंछी, माछा लगायत जुन पनि प्राणीलाइ स्वतन्त्र रूपमा महायन बौध्द धर्म विधीपूर्वक लामाले पूजापाठ गरेर छोडिने प्रचलन छ ।
यस किसिमको छेथर कार्यक्रमले सामाजमा बढ्दो हत्या, हिसां जस्ता अपराधिक क्रियाकलापमा कमि ल्याउदै सामाजिक रूपमा प्राणी जगत र मानब जगतबीच आपसी सम्बन्ध स्थापित गराउने सकिने भएकोले पनि सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले बताउनुभयो ।
























