तेमाल अनलाइन सवांददाता,
दक्षिण कोरिया । कोरियामा नेपाली समुदायको संघ–संस्थाहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
दोङदेमुनमा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले “नेपालको विद्युतिय क्षेत्रमा लगानी गर्दा परियोजनाको व्यबस्थापन पक्ष र विद्युत उत्पादन क्षमता हेरेर लगानी गर्न उचित हुन्छ ।” बताउनुभयो । अहिले नेपालको विद्युत उत्पादन क्षमता खपत भन्दाबढी भैसकेको र छिट्टै अन्तर्राट्रिय बजारमा नेपालको विद्युत निर्यात गर्न आवश्यक छ, बेच्न नसकेमा देशलाइ बेफाइदा हुने समेत बताउनुभयो ।
कार्यक्रममा उज्यालो नेपालका नायक कुलमान घिसिङले नेपालप्रति गरेको योगदान र उहाँसगंको भेटघाटले खुशी भएको कार्यक्रमका प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदुतावास उपनियोग प्रमुख तथा कार्यबाहक राजदुत राम सिं थापाले बताउनुभयो । उर्जा क्षेत्रको आमूल परिवर्तनले गत वर्षभन्दा २ प्रतिशत बढी देशको आर्थिक बृध्दिदर हुनुमा घिसिङको नेतृत्वको देशको लागि महत्वपूर्ण भुमिका रहेको समेत थापाले थप्नुभयो ।
उक्त अन्तर्क्रिया कार्यक्रम एनआरएनए कोरिया, एनसीसी कोरिया, नेपाल आदिवासी जनजाती महासंघ लगायत अन्य १२ संघ–संस्थाले संयुक्त रूपमा आयोजित कार्यक्रममा दोडदेमुनमा सम्पन्न भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली दक्षिण कोरियामा भएको अन्तर्राट्रिय विधुतीय सम्मेलन (विक्सपो) २०१९ मा सहभागी भएका थिए ।
उक्त सम्मेलन बुधबारदेखि शुक्रबारसम्म दक्षिण कोरियाको ख्वाङ्जु शहरमा चलेको थियो । कोरिया इलेक्ट्रोनिक पावर कर्पोरेसनको आयोजनामा डिजिटल प्लाटफर्म भन्ने मुख्य नारा रहेको यस पटकको सम्मेलनमा विश्वका विद्युतिय क्षेत्रमा काम गर्ने संस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको भिडियो लिङ्कः
























