सुनिता दोङ तामाङ
इराक । प्रवासी कलाकार ग्रुपको आयोजना इराकको कुर्दिस्तानमा दिपावली धमाका २०७६ एबं भाग्यशाली चिठ्ठा कार्यक्रम सम्पन्न भएको छ । ‘सँस्कार साँस्कृतिको जगेर्णा गरौ, कला र कलाकार को उच्च सम्मान गरौ !’ भन्ने मूल नाराका साथ धमाकाको आयोजना गरिएको थियो ।
सञ्चारकर्मी श्याम माम्बा तामाङको सभापतित्वमा सपन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिती गैर आवसिय नेपाली संघ समन्वय परिषद इराकका अध्यक्ष लालकाजी गुरुङ रहेका थिए ।
कार्यक्रममा इराक कुर्दिस्तानमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु विशेष अथितीको रुपमा उपस्थिति रहेका थिए ।
भाग्यशाली चिठ्ठा कार्यक्रमका विजेताहरुमा प्रथम पुरस्कार गोदवरी तामाङ (सिन्धुपाल्चोक), दोस्रो पुरस्कार अस्मिता बराईली (चितवन), तेस्रो पुरस्कार प्रेमी लामा (सिन्धुपाल्चोक) र चौथो पुरस्कार निरुता तामाङ (सिन्धुपाल्चोक) ले प्राप्त गरेका छन् ।
उक्त कार्यक्रम सव्य भव्य रुपमा सम्पन्न गराइदिनु भएकोमा सम्पुर्ण कुर्दिस्तान इराकमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रम संयोजक साजन शेर्पाले धन्यवाद तथा विजेताहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

Comments

comments