नेपाली कामदार जापान लैजान दुई देशबिच भएको समझदारी अनुसार हाल नर्सिङ केयरगिभरका लागि परीक्षा लिइरहेको जापानले आगामी वर्ष मत्स्य व्यवसाय सहित थप क्षेत्रमा नेपाली कामदार लैजान सुरु गर्ने नेपाली अधिकारीहरुले बताएका छन्।
नर्सिङ केयरगिभरका लागि एक हजारलाई मात्रै परीक्षामा सहभागी बनाइएपछि देखिएको नेपाली पक्षको असन्तुष्टि आगामी वर्ष सम्बोधन गरिने बचन जापानी पक्षले दिएको उनीहरूको भनाइ छ।
जापानसँग नर्सिङ केयरगिभर सहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारीमा उल्लेख छ।
जापान र नेपालबिच कामदार लैजाने विषयमा भएको समझदारी अनुरूप पहिलो वर्ष नर्सिङ केयरगिभरका लागि परीक्षाहरू भइरहेका छन्।
भाषा तथा सीप परीक्षा गरी दुईथरी परीक्षामा उत्तीर्ण हुनेहरूले कामदारका रूपमा जापान जान पाउनेछन्। बीबीसीबाट

Comments

comments