तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । अन्तर्राट्रिय बुद्धिष्ट एसोसियशन कोरियाको आयोजनामा “सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०१९” आजदेखि सुरू भएको छ । उक्त मेला १७ तारिखसम्म चल्नेछ ।

जोग्योसा गुम्बाका प्रमुख लामा, सउल महानगरको मेयर र कोरियाका बिशिष्ट व्यक्तित्वहरू, कोरियाका लागि विभिन्न देशहरूको राजदुतहरूः नेपाल, श्रीलङ्क, भियतनाम लगायतको सहभागितामा एक्सपो मेला रहेको छ ।

नेपालको तर्फबाट नेपाली राजदुताबास र सउल नेपाल गुम्बाले संयुक्त रूपमा सहभागितामा सहभागिता रहेको गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।

कोरिया, विभिन्न देशका राजदुताबास, संघ–संस्था र ब्यक्तिगत स्टलहरू बुकिङ गरि विभिन्न सामग्रीहरू बिक्री वितरणको अन्य थुप्रै प्रदर्शनी स्टलहरू रहने छ ।

एक्सपो मेलामा कोरियन सस्कृतिक प्रस्तुतीसहित सहभागी देशको आ–आफ्नो सस्कृतिक प्रस्तुतीको कार्यक्रम पनि हुनेछ ।

कोरिया र अन्य देशका लाखौंले उक्त मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनी स्थलः

ट्रेन ३ नं. लाइन 학여울 (Hyagnyeoul) स्टेशनको गेट नं. १ अगाडी बुध्दिष्ट एक्स्पो सेन्टर

नेपाली राजदुताबास र सउल नेपाल गुम्बा  “सियोल अन्तर्राट्रिय बौध्द एक्सपो मेला–२०१९” प्रदर्शनी स्टल
नेपाली राजदुताबास र सउल नेपाल गुम्बा “सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०१९” प्रदर्शनी स्टलमा  बिक्रीका लागि राखिएको सामग्रीहरू

Comments

comments