पासाङ दोर्जे लामा,

तथागत सम्यक सम्बुद्ध भगवान् शाक्यमुनिले सत्वहरूलाई दुःखको भवसागरबाट मुक्त गराउनको लागि विशेष गरी प्रमुख १२ प्रकारको लीलाहरू (कार्य) प्रदर्शन गर्नुभएको थियो । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव पनि एक हो । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्ष ९ औं महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव मंसिर ३ गते मंगलबारको दिन  परेको छ ।

आज भन्दा करिब २५६३ औं वर्ष पहिला नेपालको लुम्बिनीमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमार सिद्धार्थ गौतमको जन्म भएको सातौं दिनमा आफ्नो माता मायादेवीको देहान्त भइ तुषित देवलोक (तेतिसकोटि वा त्रयंत्रिम्जा) मा जन्मनु भएको थियो ।

भगवान बुद्धले बुद्धत्व ज्ञान प्राप्त भएको सात बर्ष पछी एकचालिस बर्षको उमेर पुरा हुँदा तेंतिस कोटी देवलोकमा पाल्नु भएको थियो । बिशेष गरि महारानी मायादेवी राजकुमार सिद्धार्थ जन्मेको एक हप्ता पछी भौतिक शरिरलाई त्यागी तेंतिस कोटी देवलोकमा जन्म हुनुभएको दिव्य ज्ञान चक्षुद्वारा देख्नुभई आफ्नी आमा माया देवी लगायतका देवी देवताहरुलाई बुद्धत्व प्राप्ती ज्ञानको धर्मदेशनाका निम्ती तेंतिसकोटी देवलोकमा जानुभई आनन्द नामक देव उधानमा ब्रम्म, ईन्द्र लगायत अनगिन्ति देवी देवताहरुलाई अनेकौ अमृतमय धर्मउपदेशहरु देशना गर्नु भएको थियो । भगवान बुद्ध संग अर्हत्व प्राप्त भएका धेरै जना भिक्षुहरु पनि साथमा जानु भई तिन महिने बर्षावास तेंतिसकोटी देवलोकमा बस्नुभएको थियो।

त्यस बेला श्रावस्तीका भिक्षुहरू सबै एकै साथ ३ महिनाको वर्षाबासमा रहेको थियो । मगधका राजा बिम्बिसार र श्रावस्तीका राजा प्रसेनजित र प्रजाहरूले बुद्धलाई ३ महिना दर्शन गर्न नपाउँदा सबै राज परिषद र प्रजालाई सोध्दा बुद्ध कहाँ रहनु भएको थाहा नभएपछि बुद्धको प्रत्यक्ष दर्शन गर्न र प्रवचन सुन्न आतुर भई भिक्षुहरूलाई सोधपुछ गर्दा भिक्षुहरूले अहिले उहाँ तुषित देवलोकमा आफ्नो मातालाई अभिधम्मको धर्म शिक्षा दिइरहनु भएको छ भन्नु भएको थियो । बुद्धका अनुयायी र राजाहरूले भिक्षुहरूलाई शाक्यमुनि बुद्धलाई जम्बुद्वीप (मुनष्यलोक) मा आमन्त्रण गर्नका लागि धेरै अनुरोध गरेपछि बुद्धको ऋद्धिवान शिष्य मौद्ग्ल्यान ऋद्धिले उडेर गई बुद्धलाई तुषित देवलोकमा मनुष्य लोकका सबै राजा प्रजा तथा मनुष्यगणको तर्फबाट सविनय पुर्वक आमन्त्रणको प्राथना गर्दा भगवान बुद्धले सात दिन पछी मनुष्य लोकमा आउनेछु र संकाश्य वा काशी नगरको अपजरी उधानमा अवतरण हुने कुरा बताउनु भयो। काशी नगरवासीहरु यो खुशीको खबर सुनेपछी उक्त नगर र बगैचा लाई देव उधान जस्तो सिँगारिएका थिए अनेकौ पुजा द्रव्य बस्तूहरु सज्जाएको थियो ।

देवी देवताहरु भने अब तथागत बुद्ध हामी बाट अलग हुने भयो भन्ने चिन्ताले दुखित अवस्थामा थियो। देवीदेवता हरुलाई भगवान बुद्धले अनित्यताको उपदेशद्वारा सम्झाउनु भई आफु मनुष्य लोकमा जानु पर्ने बताउनु भएपछी देवराज ईन्द्रले देवपुत्र विश्वकर्मलाई भगवानलाई बिदाईको निम्ती विशेष प्रकारको सोपान अथाव भर्याङ् बनाउने आदेश दिनुभयो ।देवराजको आदेश अनुरुप विश्वकर्माले तिन प्रकारको सोपान निर्माण गर्नुभएको थियो जुन सोपान बीचभाग भगवान बुद्धको निम्ती निलो वैदूर्य मणिको, दायाँ तर्फ ब्रम्हको लागी सुनको सोपान, बायाँ तर्फ ईन्द्रको निम्ती चाँदीको सोपान सात दिन भित्र निर्माण गरेका थिए।सातदिन पुगेपछी भगवान बुद्ध बिचको वैदूर्य मणिको सोपान बाट, ब्रम्ह सुनको सोपान बाट बुद्धलाई छत्र ओडाउनुहुँदै, ईन्द्र चाँदीको सोपानबाट बुद्धलाई ध्वजा पताका हल्लाउँदै बिस्तारै पाल्नुहुँदा देवगणहरुले अनेक पुष्प, धूप, दीप, चन्दनद्वारा पुज्नुभई अनेकानेक सुगन्धित पुष्प बृष्टीका साथ बिदाई गर्नुभएको थियो भने मनुष्यहरू भगवान बुद्ध धर्तिमा अवतरण गर्नु हुँदाको शुभ खुशियालीमा राजा महाराजाहरु लगायत अनगिन्ति मानब सागरले बिभिन्न बाजा गाजा सुमुधुर ध्वनीले भगवान बुद्धको भव्य स्वागत गर्नुभएको दिनलाई स्मरण गरी देव तथा मनुष्य हरुले एउटा भव्य स्तूपा समेत निर्माण गर्नु भएको थियो। जसलाई देवलोकावतरण स्तूप ल्हाबब दुईछेन् भनिन्छ । यसरी (ल्हाबब दुईछेन) देवलोकावतरण तिथिको सुरुवात भएको हो ।

मनुष्य लोकमा अवतरण हुनुभएको जुन पवित्र स्थल अहिले भारतको उत्तर प्रदेश मैनपुरि जिल्ला फरूखाबादको संकिशामा पर्दछ । जुन चैत्यको भगनावशेषको तस्विर र पवित्र स्थल संकिसाको सेरोफेरोका विहार र स्थानहरूको प्रत्यक्ष तस्विरहरू दर्शनको लागि ।

सर्वसत्व कल्याणं साधु

Comments

comments