तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १७ औं महाधिवेशन आगमी डिसेम्बर २९ तारिखमा हुन गइरहेको छ ।
उक्त निर्वाचनलाइ स्वतन्त्र, निष्पक्ष, पारदार्शी र सहज ढंगबाट सम्पन्न गर्नका संस्थाको विधान बमोजिम लोचन राइको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन आचारसंहिता जारी गरेको छ ।
उक्त जारी आचारसंहितामा आचारसंहिताको परिभाषा, निर्वाचन समिति, विधान, महाधिवेशन, साधारण सदस्य, कार्यसमिति, उम्मेदवार, मतदाता, मतदाता आचारसंहिता, निर्वाचन प्रकृयालाइ विधानानुसार उल्लेख गरिएको छ ।
यो जारी आचारसंहिता, लोचन राइको संयोजकमा, चित्र बहादुर मोक्तान र जगनाथ ओली सदस्य रहेको गठित निर्वाचन समितिले जारी गरेको हो ।
साथै निर्वाचन आचारसंहितासहितः निर्वाचन हुने पद, उम्मेदवारी मनोनयन दर्ता शुल्क, उम्मेदवार हुन आवश्यक योग्यता, उम्मेदवारी मनोनयन दर्ता प्रकृया, मतदान प्रकृया, मतगणना, निर्वाचन परिणाम, निर्वाचन कार्यतालिकालाइ प्रकाशित गरेको निर्वाचन समितिका सदस्य चित्र बहादुर मोक्तानले जानकारी दिनुभयो ।
१७ औं महाधिवेशन दोङदेमुनमा अवस्थित종로구민회관 (हल) मा हुनेछ ।
निर्वाचन समितिले सर्वाजनिक गरेका निर्वाचनको आचारसंहिता (फोटो फाइलमा) केही विवरणहरूः


































