कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ। कमदारसँग चर्को शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी र माइग्राम्स खारेजी गरेपछि जेठ २ पछि कोही पनि नेपाली कामदार मलेसिया जान पाएका छैनन्।, आजको नागरिक दैनिकमा यो खबर छ ।
काठमाडौं । मलेसियामा अवैध रहेका नेपाली श्रमिकहरू नेपाल फर्कने अवसर अब एक महिना मात्रै बाँकी रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका आप्रवासी श्रमिकहरूका लागि लागू गरेको ब्याक फर गुड कार्यक्रम मार्फत् डिसेम्बर मसान्तसम्म स्वदेश फर्कन पाउने समय छ।
यो समयमा मलेसियामा रहेका सम्पूर्ण अवैध श्रमिकहरू फर्कन पाउने गरी दूतावासले मलेसियाका मुख्य मुख्य सहरहरूमा आफैं पुगी श्रमिकहरूलाई यात्रा अनुमति पत्र (ट्राभल डुकुमेन्ट) प्रदान गर्ने भएको छ।
आइतबार मलेसियाको पेनाङ सहरबाट नेपालीहरुलाई ट्राभल डकुमेन्ट प्रदान गर्ने भएको हो। ट्राभल डकुमेन्टका लागि नेपाली नागरिकता वा राहदानीको प्रतिलिपी, दुई प्रति पासपोर्ट साइजको फोटो तथा शूल्क १ सय ६० मलेसियन रिंगिट लाग्ने दूतावासले जनाएको छ।
यो एक महिनाको अवधिमा मलेसियास्थित अवैध रहेका सबै नेपालीलाई सुरक्षित तरिकाबाट घर फर्कन दूतावासले आग्रह समेत गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।