काभ्रे । अन्तर्रास्ट्रिय तामाङ परिषद खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलनले सोनाम दोङ तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ । सम्मेलन शुक्रबार ओमनको मस्कट रुइ सिटीमा सम्पन्न भएको हो ।
सम्मेलन ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा तथा सोनाम दोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्मेलनमा बिशेष अतिथि अन्तर्रास्ट्रिय तामाङ परिषदका बरिस्ठ उपाध्यक्ष टासी लामा, महासचिव तथा नेपाल तामाङ घेदुङ संघीय अधक्ष मोहन गोले, घेदुङ सचिब तथा नेपाल आदिवासी जनजाति महासंघका संघीय सदस्य रामकृष्ण ब्लोन तामाङ, भाषा तथा साहित्य बिभाग प्रमुख काजिमान थिङ लगायतले सम्मेलन सफलताको शुभकामना मन्तब्य राखेका थिए । त्यसैगरि घेदुङका पूर्व सचिव प्रतिक तमाङ, अन्तर्रास्ट्रिय तामाङ परिषद्का सचिब रबिन थिङले अधक्ष मण्डलको भूमिका खेलेका थिए ।
कार्यक्रममा युएइ अधक्ष महेश मोक्तान, कुवेत अधक्ष सुरेश ग्याबा तामाङ , कतार अधक्ष धिरेन ग्याबा, ओमन अधक्ष तेज तामाङ, बहराइन उपसंयोजक पेमा तामाङ, कतार समाज समरक्षक संखलाल तामाङ लगायतले अबधराणा पत्र पेश गरेका थिए ।
सम्मेलनले सुरेन्द्र थिङ (युएइ) लाई सचिबमा निर्वाचित गरेको छ भने अन्य सदस्यहरुमा राम तामङ (ओमान), धिरेन तामङ (कतार), अनिता तामाङ (ओमन), सुरेश ग्याबा (कुबेत) रहेका छन् । साउदी अरब र इराकबाट मनोनित हुन बाँकी रहेको छ ।

Comments

comments