तेमालअनलाईन संवाददाता,
दक्षिण कोरिया । कास्की परिवार दक्षिण कोरियाको बिशेष साधारण सभा तथा अधिबेशनबाट छैटौ कार्य समितीको अध्यक्षमा प्रबिण गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

उक्त कार्यक्रम दोङदेमुनमा अवस्थित आगमन रेष्टुरेन्टको सभा हलमा आईतबार सम्पन्न भएको हो ।

उक्त अधिवेशनबाट बरिष्ट उपाध्यक्षमा पुरन गुरुङ, उपाध्यक्षमा टेकनाथ भण्डारी, ज्योति नेपाली, आरती ह्योल्मो, सचिबमा बिनोद दहाल, सह-सचिबमा टोप गुरुङ, कोषाध्यक्षमा नन्दजंग गुरुङ र  सह-कोषाध्यक्षमा एस. पी. अधिकारी निर्वाचित भएका छन् । त्यसैगरि सदस्यमा हिसब श्रेष्ट, बिजय गुरुङ, राम क्षेत्री, सुरेश सुनार र रूप गुरुङ निर्वाचित भएका छन् ।

कास्केली व्यक्तीत्वहरूको साथ, सहयोग र सुझाबहरू लिई अघि बढ्ने कास्की परिवारका छैठौं कार्य समितिका नव निर्वाचित अध्यक्ष प्रबिण गिरीले बताउनुभयो ।

कास्की परिवार दक्षिण कोरिया “संगठित समुह नै परदेशको सहारा हो “भन्ने मुल भावानाले सन् २००८ मा स्थापित सामाजिक संस्था हो ।

Comments

comments