तेमालअनलाइन संवाददाता,

दक्षिण कोरिया । विदेशीहरूलक्षित विदेशी चालक इजाजतपत्र (लाइसेन्स)को निशुल्क लिखित तयारी कक्षा सुसो पुलिस स्टेशनले डिसेम्बर ८ र १५ तारिख सञ्चालन गर्ने भएको छ ।

विदेशी चालकलक्षित गरेर सडकमा हुने दुर्घटना न्यूनिकरण गर्न र सुरक्षित यात्रालाइ मध्यनजर गर्दै सवारी साधन, ट्राफिक  नियमहरू सम्बन्धी सम्पुर्ण जानकारीहरू सिकाउने भएकोले यो कक्षा महत्वपूर्ण हुनसक्छ ।

उक्त कक्षामा इच्छुकले यथाशीघ्र मेसेजमार्फत आफ्नो नाम र सम्पर्क नम्बर आवेदन गरी सहभागिता हुन सकिने सुसो पुलिस स्टेशन  इनिस्पेकटर 강혜숙 (घङ ह्ये सुग) ले जानकारी दिनुभयो ।

कुल ३० जनासम्म सहभागिता हुन सकिने  तयारी कक्षामा देछाङ (대청, Gaepo-dong, Gangnam-gu, Daecheong) स्टेशन नजिक रहेको सुसो पुलिस स्टेशनको  कार्यलय कक्षामा सञ्चालन  हुनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।